आज नेप्सेमा कारोबार भएका समूहमध्ये ६ समूह बढेको छ भने ५ समूहमा गिरावट आएको छ । व्यापार ९ दशमलव ७१, बैङ्किङ ८ दशमलव ८४, होटल ७ दशमलव ४४, जलविद्युत् ६ दशमलव ३९ अङ्कले बढेको छ । यस्तै विकास बैङ्क र फाइनान्समा पनि वृद्धि देखिएको छ ।
सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नप्से) साताको पहिलो दिन आइतबार २ दशमलव ६१ अङ्कले बढेको छ । कारोबार सुरु भएदेखि घट्न थालेको नेप्से तीव्र उतराचढावका बीच अन्तिममा बढेको हो । १ हजार २ य ५५ दशमलव शून्य ९ अङ्कबाट सुरु भएको बजार २ अङ्क बढ्दै १ हजार २ सय ५७ दशमलव ६८ अङ्क कायम भएर बन्द भएको छ ।
आज कारोबार सुरु भएदेखि ओरालो लागेको नेप्से ३ अङ्क घटेपछि उकालो लाग्दै १ अङ्क बढेको थियो । बढेको अवस्थाबाट तत्काल ओरालो लाग्दै ४ अङ्कसम्मको गिरावट भेटेको थियो । फेरि यू टर्न लिँदै बढेको नेप्सेमा ५ अङ्कको वृद्धिपछि विस्तारै घट्दै २ अङ्क बढेको अवस्थामा रोकिएको हो ।
नेप्से बढेको दिन आज १ सय ६७ कम्पनीको ६ हजार ८ सय ३० कारोबारबाट ५५ लाख ४९ हजार ६ सय २१ कित्ता सेयर खरिदबिक्री भई ६९ करोड ३६ लाख ६१ हजार २ सय ५६ रुपैयाँबराबरको सेयर किनबेच भएको छ, जुन बिहीबारको कारोबार रकमभन्दा १४ करोड रुपैयाँले बढी हो ।
बिहीबार नेप्सेमा १ सय ६७ कम्पनीका ५ हजार ९ सय ६६ कारोबारबाट २० लाख १५ हजार ८ सय २९ कित्ता सेयर कारोबार भई ५५ करोड ५० लाख ६१ हजार ५ सय २ रुपैयाँबराबरको कारोबार भएको थियो ।
आज नेप्सेमा कारोबार भएका समूहमध्ये ६ समूह बढेको छ भने ५ समूहमा गिरावट आएको छ । आज व्यापार ९ दशमलव ७१, बैङ्किङ ८ दशमलव ८४, होटल ७ दशमलव ४४, जलविद्युत् ६ दशमलव ३९ अङ्कले बढेको छ । यस्तै विकास बैङ्क र फाइनान्समा पनि वृद्धि देखिएको छ ।
साथै, आज सबैभन्दा बढी निर्जीवन बिमा ६२ दशमलव ६३ र जीवन बिमा २३ दशमलव ४७ अङ्कले घटेको छ भने अन्य समूहमा सामान्य गिरावट आाएको छ । आज नेप्सेमा साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर मूल्य ८ दशमलव ९८ प्रतिशतले बढेको छ भने कालिका लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ७ दशमलव ४३ प्रतिशतले घटेको छ ।