असोज ८ को कम्पनी सञ्चालक समितिले १५ प्रतिशत बोनस सेयर र ११.३२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
ओरियन्टल होटल (¥याडिसन)ले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २६ दशमलव ३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । असोज ८ को कम्पनी सञ्चालक समितिले १५ प्रतिशत बोनस सेयर र ११.३२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
हाल ९३ करोड ४२ लाख ३६ हजार ३ सय ८७ रुपैयाँ चुक्ता पुँजी रहेको ओरियन्टलको १५ प्रतिशत बोनस सेयरपछि एक अर्ब ७ करोड ४३ लाख ७१ हजार ८ सय ४४ रुपैयाँ पुग्नेछ । अघिल्लो आर्थिक वर्षमा १८ प्रतिशत बोनस सेयर र ६.२१ प्रतिशत नगद लाभांश दिएको होटलले यसपटक बोनस कम र नगद बढी वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । असोज १८ गतेसम्म कायम सेयरधनीले मात्रै लाभांश प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार ओरियन्टलले कात्तिक १२ गते साधारणसभा बोलाएको छ भने साधारणसभा प्रयोजनका लागि असोज १९ गतेदेखि सेयरधनी किताब बन्द गर्ने निर्णय गरेको छ ।