कम्पनीले गत आर्थिक वर्षको खुद नाफा तथा आर्जित सेयर प्रिमियमबाट चुक्ता पुँजीको १ प्रतिशतका दरले हुने ५२ लाख ६४ हजार रुपैयाँ बराबरको बोनस सेयर दिने भएको छ ।
नेपाल कम्युनिटी डेभलपमेन्ट बैङ्कले आफ्ना लगानीकर्तालाई ७ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको खुद नाफा तथा आर्जित सेयर प्रिमियमबाट चुक्ता पुँजीको १ प्रतिशतका दरले हुने ५२ लाख ६४ हजार रुपैयाँ बराबरको बोनस सेयर दिने भएको छ ।
साथै कम्पनीले चुक्ता पुँजीको ६ दशमलव ४२ प्रतिशतका दरले ३ करोड ३७ लाख ८७ हजार ५ सय ७७ रुपैयाँ बराबरको नगद लाभांश (करसहित) दिने जनाएको छ ।
कम्पनीको सञ्चालक समितिले गरेको निर्णय नेपाल राष्ट्र बैङ्कको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि लागू हुने छ ।