स्वावलम्बनले ३६ प्रतिशत लाभांश दिने

कम्पनीले २५ प्रतिशतका दरले हुने १२ लाख ५७ हजार ७ सय ७७ कित्ता बराबरको बोनस सेयर दिने भएको छ ।

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई ३६ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले २५ प्रतिशतका दरले हुने १२ लाख ५७ हजार ७ सय ७७ कित्ता बराबरको बोनस सेयर दिने भएको छ ।

साथै, कम्पनीले ११ दशमलव ८४ प्रतिशतका दरले ५ करोड ९५ लाख ७८ हजार ८ सय ९९ रुपैयाँ बराबरको नगद लाभांश दिने भएको हो । सञ्चालक समितिले दिने भनेको लाभांश नेपाल राष्ट्र बैङ्कको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिने छ ।