स्ट्यान्डर्ड चार्टर्डमा झुम्मिए लगानीकर्ता

बिहीबार ७ हजार ९ सय ४५ कारोबारबाट १८ लाख ६१ हजार ६५ कित्ता सेयर किनबेच भई ८१ करोड ६९ लाख ९८ हजार ६ सय २४ रुपैयाँबराबरको सेयर किनबेच भएको छ । कुल कारोबार पनि बुधबारको भन्दा बढी हो ।

शतप्रतिशत बोनस सेयर घोषणा गरेको स्ट्यान्र्डड चार्टर्ड बैङ्कको सेयर किन्न लगानीकर्ताले तँछाडमछाड गरेका छन् । लगानीकर्ता स्ट्यान्डर्ड चार्टर्डको सेयरमा झुम्मिँदा कुल कारोबार रकमको एकतिहाई हिस्सा उसैले लिएको छ । बिहीबार पनि सबैभन्दा धेरै सेयर किनबेच स्ट्यान्डर्ड चार्टर्डकै भएको छ ।
आज स्ट्यान्डर्ड चार्टर्डको २२ करोड ८० लाख २८ हजार २ सय ८० रुपैयाँबराबरको सेयर किनबेच भएको छ । बुधबार पनि स्ट्यान्डर्ड चार्टर्ड बैङ्कको १० करोड ७४ लाख १६ हजार १ सय ५१ रुपैयाँबराबरको सेयर किनबेच भएको थियो । शतप्रतिशत बोनस घोषणा गरेको बैङ्कको बुक क्लोजको मिति नजिकिएसँगै सेयर कारोबारमा वृद्धि हुँदै आएको थियो । आज सो बैङ्कको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । कारोबारका पछिल्ला दिनमा बैङ्कको सेयर मूल्यमा समेत कमी भएपछि कारोबार रकम ह्वात्तै बढेको हो ।

बिहीबार ७ हजार ९ सय ४५ कारोबारबाट १८ लाख ६१ हजार ६५ कित्ता सेयर किनबेच भई ८१ करोड ६९ लाख ९८ हजार ६ सय २४ रुपैयाँबराबरको सेयर किनबेच भएको छ । कुल कारोबार पनि बुधबारको भन्दा बढी हो । बुधबार ७ हजार २ सय ८४ कारोबारबाट १३ ६८ हजार ४ सय ७५ कित्ता सेयर किनबेच भई ७६ करोड ५७ लाख ६९ हजार ६ सय ६२ रुपैयाँबराबरको सेयर कारोबार भएको थियो ।

कुल कारोबार रकममा बृद्धि देखिए पनि अर्थतन्त्रको ब्यारोमिटरका रूपमा लिइने सेयर बजार परिसूचक भने बिहीबार पनि घटेको छ । बिहीबार पनि बजार घटेपछि सातामा ४ दिन खुलेकोमा चारै दिन दोहोरो अङ्कले घटेको नेप्से परिसूचक घट्न पुगेको छ । नेप्से बिहीबार १०.७३ अङ्क (०.७५ प्रतिशत)ले घटेर १४१४.७८ अङ्कमा अडिएको छ । बुधबार पनि नेप्से २१.५३ अङ्क (१.४९) प्रतिशतले घटेर १४२५.२१ अङ्कमा रोएिको थियो । गत साता पनि पाँचै दिन नेप्से घटेको थियो ।

कारोबारको सुरुवाती चरणमा बजार घटेर १४०९ अङ्कसम्म पुगेर बजार सम्हालिने प्रयास गरेको थियो । यसले गर्दा बजारमा कारोबारको मध्य समयमा बुधबारको तुलनामा २ अङ्कले माथि उक्लिएको थियो । तर, कारोबारको अन्तिम समयमा भने बजार दोहोरो अङ्कले नै घट्न पुगेको छ ।
आजको कारोबारमा व्यापार, होटल र अन्य समूह परिसूचक सामान्य बढेको छ भने बाँकी सबै उपसूचक घटेका छन् । व्यापार ४.८२, होटल ७.०६ र अन्य समूह १.१६ अङ्कले बढेको छ भने बैङ्किङ १६.२६, विकास बैङ्क १२.४७, जलविद्युत् ६.५४, लघुवित्त ३.०९, वित्त र उत्पादनमूलक उपसूचक ०.५८ अङ्कले छन् ।