कारोबारसँगै नेप्से २ अङ्क घट्यो, कारोबार भएकामध्ये ९ समूह ओरालो

साताको अघिल्लो दुई दिन बढेको बजारले आज एक्कासी कोल्टे फेरेको हो । पहिलो दिन सामान्य अङ्कले बढेको बजार तेस्रो दिन मङ्गलबार २२ अङ्कले बढेको थियो ।

सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) बुधबार २ दशमलव ३१ अङ्कले घटेको छ । साताको अघिल्लो दुई दिन बढेको बजारले आज एक्कासी कोल्टे फेरेको हो । पहिलो दिन सामान्य अङ्कले बढेको बजार तेस्रो दिन मङ्गलबार २२ अङ्कले बढेको थियो । तर, आज कारोबार भएको चौथो दिन बजार ओरालो लागेको हो ।

आज १ हजार २ सय ८० दशमलव १५ अङ्कबाट सुरु भएको बजार २ अङ्कले घट्दै १ हजार २ सय ७७ दशमलव ७४ अङ्कमा रोकिएको छ । कारोबार सुरु भएदेखि बढ्न थालेको बजारले आज पनि उछाल लिने सङ्केत देखाएको थियो । तर, ७ अङ्कले बढेपछि ओरालो लाग्दै सुरुवाती बिन्दुमा आएपछि पुनः ७ अङ्कले बढेपछि पुनः २ अङ्क घटेर बन्द भएको हो ।

नेप्से घटेको दिन आज १ सय ७१ कम्पनीको कारोबार भई ८ हजार ९ सय ४१ कारोबारबाट ४५ लाख ९१ हजार ४८ कित्ता सेयर किनबेच भई ९१ करोड ९६ लाख ६ हजार ८ सय ८४ रुपैयाँ बराबरको कारोबार भएको छ, जुन मङ्गलबारको कारोबार रकमभन्दा ९ करोड रुपैयाँले कम हो ।

बजार बढेको दिन आज नेप्सेमा १ सय ७३ कम्पनीका ९ हजार ७ सय ३० कारोबारबाट ४२ लाख ४२ हजार ६ सय ३३ कित्ता सेयर किनबेच भई १ अर्ब ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ, जुन आइतबारको कारोबार रकमभन्दा ३१ करोडले बढी हो ।

बुधबार नेप्सेमा क्यापिटल मर्चेन्ट बैङ्कको सबैभन्दा बढी १५ लाख कित्ता सेयर किनबेच भयो भने प्रभु बैङ्कको ४ सय ७१ पटक सेयर किनबेच भएको छ । यस्तै आज नेप्सेमा समता माइक्रोफाइनान्सको सेयर मूल्य ९ दशमलव ९३ प्रतिशतले बढेको छ भने नेपाल कम्युनिटी डेभलपमेन्ट बैङ्कको सेयर मूल्य ५ दशमलव ७९ प्रतिशतले घटेको छ ।

आज जीवन बिमा र अन्य समूहबाहेक सबै समूहमा गिरावट आएको छ । सबैभन्दा बढी निर्जीवन बिमा कम्पनी २४ दशमलव २७ र उत्पादनमूलक समूह १७ दशमलव ७५ अङ्कले घटेको छ । तर, नेप्से घटेको दिन आज जीवन बिमा ३० दशमलव ४८ अङ्कले तथा अन्य समूह शून्य दशमलव ४८ अङ्कले घटेका छन् ।