साताको अन्तिम दिन नेप्से १० अङ्कले घट्यो

साताको अन्तिम दिन आज कारोबार सुरु भएदेखि घटेको बजार तीव्र उतराचढावबीच दोहोरो अङ्कले घटेको छ । ६ अङ्क ओरालो लागेको अवस्थाबाट उकालो लाग्दै बजारले सुरुवाती बजारको बिन्दु भेट्टाएको थियो । तर, लगत्तै बजार ओरालो फर्कंदै ९ अङ्कले घटेपछि केही स्थिर रहँदै दोहोरो अङ्कले घटेको हो ।

सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको अन्तिम दिन बिहीबार १० दशमलव ५६ अङ्कले घटेको छ । कारोबार सुरु भएदेखि नै घटेको बजार अङ्कले घटेर बन्द भएको हो । बैङ्किङ र बिमा समूहका लगानीकर्ता आकर्षित नभएपछि बजारले ओरालो बाटो समाएको हो ।

१ हजार २ सय ७७ दशमलव ८५ अङ्कबाट सुरु भएको बजार १० अङ्क घट्दै १ हजार २ सय ६७ दशमलव १८ अङ्क कायम भएको छ । यस साताको पहिलो दिन सामान्य अङ्कले बजार बढेको थियो भने मङ्गलबार २२ अङ्कले माथि लागेको थियो । बुधबार र बिहीबार बजार घटेसँगै सातामा तीन दिन बजार ओरालो लागेको छ ।

साताको अन्तिम दिन आज कारोबार सुरु भएदेखि घटेको बजार तीव्र उतराचढावबीच दोहोरो अङ्कले घटेको छ । ६ अङ्क ओरालो लागेको अवस्थाबाट उकालो लाग्दै बजारले सुरुवाती बजारको बिन्दु भेट्टाएको थियो । तर, लगत्तै बजार ओरालो फर्कंदै ९ अङ्कले घटेपछि केही स्थिर रहँदै दोहोरो अङ्कले घटेको हो ।

आज नेप्सेमा १ सय ६९ कम्पनीका ६ हजार ६ सय ५० कारोबारबाट २१ लाख ९२ हजार २ सय १ कित्ता सेयर किनबेच भई ५७ करोड २६ लाख ९१ हजार ६ सय ९१ रुपैयाँ बराबरको कारोबार भएको छ, जुन बुधबारको कारोबार रकमभन्दा ३१ करोडले कम हो ।

नेप्सेमा बुधबार १ सय ७१ कम्पनीका ८ हजार ९ सय ४१ कारोबारबाट४५ लाख ९१ हजार ४८ कित्ता सेयर किनबेच भई ९१ करोड ९६ लाख ६ हजार ८४ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

नेप्से घटे पनि आज नेसनल हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९ दशमलव ८८ प्रतिशत बढेको छ भने हिमालयन पावर पार्टनरको सेयर मूल्य ५ दशमलव ९० प्रतिशतले घटेको छ ।

आज बजार घटेको दिन दुई समूहबाहेक सबै समूहमा गिरावट आएको छ । होटल १३ दशमलव शून्य ५ र उत्पादनमूलक २६ दशमलव ४७ अङ्कले बढेको छ भने निर्जीवन बिमा ६७ दशमलव ०२, जीवन बिमा २९ दशमलव ०७, जलविद्युत् २१ दशमलदव ६४ र बैङ्किङ १२ दशमलव ५७ अङ्कले घटेको छ ।