गत साता नेप्सेमा १ सय ८९ कम्पनी २७ हजार ७ सय कारोबारबाट दुई अर्ब ६२ करोड ५० लाख १४ हजार रुपैयाँबराबरका ९० लाख ७० हजार सात सय ७० कित्ता सेयर खरिदबिक्री भएका थिए ।
यस साता सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सबैभन्दा बढी प्रभु बैङ्कको २३ करोड ३६ लाख १० हजार रुपैयाँबराबरको कारोबार भएको छ । नेप्से १२ दशमलव ११ अङ्कले बढेको साता सबैभन्दा बढी प्रभु बैङ्कको कारोबार भएको हो । सातामा कारोबार रकम गत साताको भन्दा २६ प्रतिशतले बढेको छ ।
त्यसैगरी क्यापिटल मर्चेन्ट बैङ्क एन्ड फाइनान्सको ३० लाख ८५ हजार कित्ता सेयर किनबेच भएको छ भने १ हजार ८ सय २७ वटा कारोबार भई प्रभु बैङ्क अग्रस्थानमा छ । यस्तै सातामा एनआईसी एसियाको १७ करोड ८३ लाख रुपैयाँ, एनएमबी बैङ्कको १६ करोड ९१ लाख, नेपाल बैङ्कको १६ करोड रुपैयाँबराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
गत साताको बिहीबार १ हजार २ सय ५५ दशमलव ०७ अङ्कमा बन्द भएको नेप्से यस साता १२ अङ्कले बढ्दै १ हजार २ सय ६७ दशमलव १८ अङ्क कायम भएको छ । साताको दुई दिन बढेको नेप्से परिसूचक दुई दिन नै घटेको थियो । आइतबार र मङ्गलबार वृद्धि तथा बुधबार र बिहीबार घटेको नेप्से सोमबार कारोबार भएको थिएन । पहिलो दिन आइतबार सामान्य अङ्कले बढेको थियो भने बुधबार सामान्य अङ्कले घटेको थियो । तर, मङ्गलबार २२ अङ्कले बढेको नेप्से बिहीवार १० अङ्कले ओरालो लागेको थियो ।
गत साताको भन्दा २६ दशमलव ०२ प्रतिशतले कारोबार बढ्दा १ सय ८९ कम्पनीका ३२ हजार ६ सय २ कारोबारबाट तीन अर्ब ३० करोड ८१ लाख ५६ हजार रुपैयाँबराबरका एक करोड ६७ लाख ७२ हजार दुई सय ४० कित्ता सेयर खरिदबिक्री भएका छन्, जुन गत साताको कारोबार रकमभन्दा ६८ करोड बढी हो । कारोबार रकम गत साताको भन्दा २६.०२ प्रतिशत बढी हो ।
गत साता नेप्सेमा १ सय ८९ कम्पनी २७ हजार ७ सय कारोबारबाट दुई अर्ब ६२ करोड ५० लाख १४ हजार रुपैयाँबराबरका ९० लाख ७० हजार सात सय ७० कित्ता सेयर खरिद बिक्री भएका थिए ।