आइओएससीओका सदस्य राष्ट्रले आफ्नै देशमा पुँजीबजारसम्बन्धी सम्मेलन आयोजना गरेर अन्तर्राष्ट्रिय पुँजीबजार सम्मेलन मनाउने भएकाले कुनै देशको प्रनिधिको उपस्थिति नरहने धितोपत्र बार्डका निर्देशक नीरज गिरीले बताए । उनका अनुसार प्रत्येक सदस्य राष्ट्रले आफ्नै देशमा पुँजी सम्मेलन आयोजना गर्छन् र अन्तर्राष्ट्रिय भन्छन् ।
असोज १५ गतेदेखि काठमाडौंमा हुने अन्तर्राष्ट्रिय पुँजीबजार सम्मेलनमा विदेशी प्रतिनिधिको उपस्थिति नरहने भएको छ । नेपाल धितोपत्र बोर्डको आयोजनामा हुने उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा अन्य देशका प्रतिनिधीको उपस्थिति नरहने भएको हो ।
अन्तर्राष्ट्रिय संस्था (आईओएससीओ) सदस्यता प्राप्त भएपछि धितोपत्र बोर्डले पहिलो पटक आयोजना गर्न लागेको पुँजीबजार सम्मेलनमा अन्तर्राष्ट्रिय प्रतिनिधिको उपस्थिति नरहने बोर्डले जनाएको छ ।
आइओएससीओका सदस्य राष्ट्रले आफ्नै देशमा पुँजीबजारसम्बन्धी सम्मेलन आयोजना गरेर अन्तर्राष्ट्रिय पुँजीबजार सम्मेलन मनाउने भएकाले कुनै देशको प्रनिधिको उपस्थिति नरहने धितोपत्र बार्डका निर्देशक नीरज गिरीले बताए । उनका अनुसार प्रत्येक सदस्य राष्ट्रले आफ्नै देशमा पुँजी सम्मेलन आयोजना गर्छन् र अन्तर्राष्ट्रिय भन्छन् ।
सप्ताह असोज १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुनेछ । सम्मेलनमा प्रभात फेरी, सहभागीहरुबीच अन्तक्र्रिया कार्यक्रम, अन्तर्वार्ता, पाक्षिक रेडियो कार्यक्रमलगायत पुँजीबजार सुधारको कार्यक्रम सञ्चालन हुने धितोपत्र बोर्डले जनाएको छ ।