व्यापार बाहेक सबै समूह ओरालो लाग्दा नेप्से १० अङ्क झर्यो

गत साताको अन्तिम दिन बिहीबार नेप्सेमा १ सय ६९ कम्पनीका ६ हजार ६ सय ५० कारोबारबाट २१ लाख ९२ हजार २ सय १ कित्ता सेयर किनबेच भई ५७ करोड २६ लाख ९१ हजार ६ सय ९१ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

कारोबार भएकामध्ये १० समूहमा तीव्र गतिको गिरावट आएसँगै सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) १० दशमलव ४७ अङ्कले घटेको छ । साताको पहिलो दिन आइतबार बिमा, जिवन बिमा, विकास बैङ्क उत्पादनमूलक र बैङ्किङ समूहले ओरालो लागेपछि नेप्से घटेको हो । आज व्यापार समूह बाहेक सबै समूहमा गिरावट आएको छ ।

ग्लोबल आइएमई बैङ्कको सबैभन्दा बढी कारोबार भएको दिन आज नेप्सेमा साल्ट टे«डिङ कर्पोरेशनको सेयर मूल्य ३ दशमलव ८५ प्रतिशतले बढेको छ भने महालक्ष्मी विकास बैङ्को सेयर मूल्य ६ दशमलव २५ अङ्कले ओरोलो लागेको छ ।

आइतबार नेप्सेमा १ सय ६६ कम्पनीका ५ हजार ७ सय ५४ कारोबारबाट २ लाख ८२ हजार ९ सय २० कित्ता सेयर किनबेच हुँदा ५८ करोड २२ लाख ५० हजार ८ सय २८ रुपैयाँ बराबरको कारोबार भएको छ, जुन बिहीबारको कारोबार रकमभन्दा १ करोडले बढी हो ।
गत साताको अन्तिम दिन बिहीबार नेप्सेमा १ सय ६९ कम्पनीका ६ हजार ६ सय ५० कारोबारबाट २१ लाख ९२ हजार २ सय १ कित्ता सेयर किनबेच भई ५७ करोड २६ लाख ९१ हजार ६ सय ९१ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज १ हजार २ सय ६७ दशमलव १९ अङ्कबाट सुरु भएको बजार १० दशमलव ४७ अङ्कको गिरावट आएपछि १ हजार २ सय ५६ दशमलव ७१ अङ्क कायम भएको छ । गत साताको अन्तिम दिन बिहीबार पनि नेप्सेमा १० अङ्कको गिरावट आएको थियो ।
आइतबार सबैभन्दा बढी निर्जीवन बिमा ५८ दशमलव २८, उत्पादनमूलक ३५ दशमलव २६, होटल ३५ दशमलव २२, विकास बैङ्क २२ दशमलव ३६ र बैङ्किङ समूह ९ दशमलव १८ अङ्कले घटेको छ । आज एक मात्र व्यापार समूहमा १ दशमलव ८६ अङ्कले बढेको छ ।