दसैतिहारमा सुरक्षा प्रवन्ध मिलाउन ३५ सय प्रहरी परिचालन

हत्या, अपहरण, ठगी, चोरी, महिला हिसां लगायतका अपराधिक कृयाक्लापहरुलाई रोकथाम गर्न ब्यापक प्रहरी परिचालन गरिएको एसएसपी लामाले बताए। त्यसैगरी कुटपिट, चोरी, डकैती, पाकेटमारी, लुटपाट, जुवा, अबैध मदिरा बिक्रि बितरण, आगजनी, बिष्फोटन, तस्करी, चोरी निकासी, ट्राफिक दुर्घटनालाई नियन्त्रण गर्न स्थानीय निकाए, ट्राफिक प्रहरीसँग समन्वय गरी अघि बढ्ने उनले बताए।

दसैतिहारलाइ लक्षित गर्दै प्रहरीले  ३ हजार ५ सय भन्दा बढी प्रहरी परिचालन गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले आईतबार पत्रकार सम्मेलन गरी दशै तिहार सुरक्षा योजना सार्वजानिक गरेको हो।

दशै तिहारको मौका छोपी हुने चोरी डकैती तथा लुटपाटका घटनालाई न्यूनीकरण गर्न ब्यापक प्रहरी परिचालन गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी बसन्त लामाले जानकारी दिए ।

प्रहरीलाई प्रभावकारी परिचालन दुरुस्त कारवाही र सिघ्र सेवा, सहज पहुँचको व्यवस्था मिलाईएको एसएसपी लामाले बताए।
हत्या, अपहरण, ठगी, चोरी, महिला हिसां लगायतका अपराधिक कृयाक्लापहरुलाई रोकथाम गर्न ब्यापक प्रहरी परिचालन गरिएको एसएसपी लामाले बताए। त्यसैगरी कुटपिट, चोरी, डकैती, पाकेटमारी, लुटपाट, जुवा, अबैध मदिरा बिक्रि बितरण, आगजनी, बिष्फोटन, तस्करी, चोरी निकासी, ट्राफिक दुर्घटनालाई नियन्त्रण गर्न स्थानीय निकाए, ट्राफिक प्रहरीसँग समन्वय गरी अघि बढ्ने उनले बताए।

मानिसहरुको बढी भिडभाड हुने स्थानहरु ब्यारीक केन्द्र। वित्तीय सस्था, बैक तथा सुन पसलमा उच्च निगरानी राखिने उनले बताए। राजधानीका विभिन्न स्थानमा आकस्मीक चेकजाँच,मोटरसाईकल गस्ती लगाएका सुरक्षा जाँच गरिने प्रहरी योजना छ।
त्यसैगरी काठमाडौं बाहिरीने नाका र बसपार्कहरुमा पनि ब्यापक प्रहरी परिचालन गरिने एसएसपी लामाले बताए।

काठमाडौं छाडेर मुल घर दशै मनाउन जानेहरुलाई घर खाली छाड्दा प्रहरीसँग समन्वय गर्न समेत प्रहरीले आग्रह गरेको छ।
त्यसैगरी काठमाडौं बाहिरीने नाकाहरुमा पनि प्रहरीलाई २४ घण्टा तैनाथ राखिने प्रहरीले जनाएको छ।
घटना भएको स्थानमा तत्कालै पुग्ने गरी सुरक्षाकमीहरुलाई तैनाथ राखिएको पनि प्रहरीले जनाएको छ।