वैदेशिक रोजगारमा सरकारले आक्रमण गरेको भन्दै संघले राख्यो १७ माग, नभए कामदार पठाउन बन्द

संघले आफ्ना मागहरु पुरा नगरे मंसिर २५ गतेदेखि वैदेशिक रोजगारमा कामदार पठाउन स्थगित गर्ने विषयमा पनि छलफल अगाडी बढेको जनाएको छ ।

सरकारले वैदेशिक रोजगार व्यवस्थित गर्ने नाममा एकलौटी ढंगले आक्रमण गरेको भन्दै वैदेशिक रोजगार व्यवसायी संघले १७ बुँदे मागसहित अल्टिमेटम दिएको छ ।

संघले आफ्ना मागहरु पुरा नगरे मंसिर २५ गतेदेखि वैदेशिक रोजगारमा कामदार पठाउन स्थगित गर्ने विषयमा पनि छलफल अगाडी बढेको जनाएको छ ।

रेमिट्यान्समार्फत देशको कुल ग्राहस्थ उत्पादनमा योगदान पुराइरहेको वैदेशिक रोजगार क्षेत्रलाई सरकारले विभिन्न बहानामा आक्रमण गरेकाले सरकारसमझ १७ बुँदे माग राखिएको संघका अध्यक्ष रोहन गुरुङले बताए । ‘सरकारले एकलौटी ढंगले गरेको निर्णयको संघले खेद प्रकट गर्दछ,’ उनले भने ।

संघले राखेका मागहरुमा धरौटी बृद्धि गर्ने मन्त्री परिषदको निर्णय फिर्ता गरिनुपर्ने, सरकारले कुटनैतिक पहल बिना बन्द गरेको कारण मलेसिया रोजगारिमा आर्थिक क्षति ब्योहोर्नु परेका कलिङ भिसा प्राप्त कामदार लाई तत्काल मलेसिया रोजगारिमा जाने ब्यबस्था गरिनु पर्ने साथै पूर्व स्वीकृति सुचारु गरिनु पर्ने, वैदेशिक रोजगारिमा जान वाध्य युवाहरुको निम्ति निशुल्क राहदानीको ब्यबस्था गरिनु पर्नेलगायत रहेका छन् ।

यस्ता छन् संघले सरकारसँग राखेका मागहरु

१.धरौटी वृद्धि गर्ने मन्त्री परिषदको निर्णय फिर्ता गरिनु पर्ने ।

२. मिति २०७३ जेठ २६ गतेको न्युनतम लागत शुल्क सम्बन्धीको निर्णय संशोधन र परिमार्जन गरि भारत लगायत दक्षिण एसिया मुलुकको प्रचलन अनुसारको ब्यबस्था गरिनु पर्ने ।

४.मागपत्र दूतावास सिफारिस गर्नु पर्ने ०७५(०१(२४ गतेको मन्त्रिपरिषदको निर्णय खारेज गरि सहज गरिनु पर्ने ।
५. एकलौटी ढंगले वृद्धि गरिएको न्युनतम पारिश्रमिक गन्तव्य मुलुकको सहमतिमा तोक्नु पर्ने ।

६.सरकारले कुटनैतिक पहल बिना बन्द गरेको कारण मलेसिया रोजगारिमा आर्थिक क्षति ब्यहोर्नु परेका कलिङ भिसा प्राप्त कामदार लाई तत्काल मलेसिया रोजगारिमा जाने ब्यबस्था गरिनु पर्ने साथै पुर्ब स्वीकृति सुचारु गरिनु पर्ने ।

७.रोजगारिमा गइ भनिएको काम ,तलब तथा अन्य सेवा सुबिधा पाउदा पाउँदै आफ्नै कारण नेपाल फिर्ता आउन खोज्ने वा कम्पनी छाडेर भाग्ने कामदारले रोजगारदाता कम्पनीले ब्यहोरेको भिसा ,टिकट लगायतको खर्च क्षतिपुर्ति तिर्नुपर्ने नितिगत ब्यबस्था गर्नु पर्ने ।

८.रोजगारीको क्रममा रोजगारदाता कम्पनी समस्याग्रस्त भइ कामदार फिर्ता ल्याउन परेमा दूतावास र प्रबद्र्धन बोर्डको महत्वपुर्ण भुमिका हुनुपर्ने ।

९.अनलाइन सफ्टवयर संचालन लाई प्रभावकारी बनाई श्रम स्वीकृति स्टिकर ब्यवसायीले आफ्नै कार्यलयमा प्रिन्ट गर्न मिल्ने ब्यबस्था गर्नु पर्ने ।

१०.कामदारले बिभागमा ब्यवसायी बिरुद्ध क्षतिपुर्ति माग गरि उजुरी पेश गर्दा तिरेको रकमको रसिदको आधार मा मात्र छलफल तथा छानबिन गरिनु पर्ने ।

११. एजेन्ट ब्यबस्थापन गरि बिचौलिया हरुलाई कडा कार्बाही गर्नु पर्ने ।

१२.नेपाली कामदारको कोटा (भिसा)को सुनिश्चिततासहितको श्रम सम्झौता गरिनु पर्ने

१३.वैदेशिक रोजगारिमा जान वाध्य युवाहरुको निम्ति निशुल्क राहादानीको ब्यबस्था गरिनु पर्ने ।

१४.विदेशी मापदण्ड अनुसारको तालिम केन्द्र खोल्न संघलाई सातै वटा प्रदेशमा सरकारी स्वामित्वमा रहेको प्रयोग बिहिन जग्गा न्युनतम भाडामा उपलब्ध गरिनु पर्ने ।

१५.वैदेशिक रोजगार श्रम बैंकको स्थापना गरि कामदारले वैदेशिक रोजगारमा कमाइ गरेको निश्चित रकम जम्मा गरि ठुला परियोजनामा लगानी गर्न मिल्ने ब्यबस्था गरिनु पर्ने ।

१६.घरेलु कामदारमा महिला लाई जान रोक लगाएको विभेद पुर्ण निर्णय तत्काल संंशोधन गरि घरेलु काममा जान र पुनः स्वीकृति खुला गरिनु पर्ने ।

१७.करार पत्रको आधारमा अन्तिम श्रम स्विकृतीको ब्यवस्था गरिनु पर्ने ।