उत्पादनमूलकबाहेक सबै समूह तल झर्दा नेप्सेमा १८ अङ्कको गिरावट

सोमबार नेप्सेमा १ सय ६५ कम्पनीका ५ हजार ७ सय ९७ कारोबारबाट १७ लाख ६१ हजार ८ सय १७ कित्ता सेयर किनबेच भई ५३ करोड ९६ लाख रुपैयाँबराबरको कारोबार भएको छ, जुन आइतबारको कारोबार रकमभन्दा १ करोडले कम हो ।

साताको दोस्रो दिन सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा १८ दशमलव ४ अङ्कको गिरावट आएको छ । नेप्सेमा सूचीकृत सबै समूहको कारोबार भएको दिन आज उत्पादनमूलकबाहेक सबै समूहको परिसूचक ओरालो लाग्दा नेप्से घटेको हो ।

साताका पहिला दुई दिन दोहोरो अङ्कले घटेसँगै नेप्से पुरानै बाटोमा फर्किएको छ । धेरै समयको अन्योलपछि १ हजार २ सय ८० को बिन्दुमा पुगेको नेप्से फेरि ओरालो लागेको हो । आज १ हजार २ सय ५६ दशमलव ६५ अङ्कबाट सुरु भएको बजार १८ अङ्कले घट्दै १ हजार २ सय ३८ दशमलव ६७ अङ्क कायम भएको छ । आज उत्पादनमूलक २६ दशमलव ८ अङ्कले बढेको छ ।

यस्तै आज जीवन बिमा, निर्जीवन बिमा, बैङ्किङ, विकास बैङ्कमा तीव्र गिरावट आएपछि नेप्से दोहोरो अङ्कले घटेको हो । जीवन बिमा ७८ दशमलव ५६, निर्जीवन बिमा ७१ दशमलव ७३, विकास बैङ्क २९ दशमलव ७३, बैङ्किङ १९ दशमलव ८५, लघुवित्त १८ दशमलव ५६ र होटल १८ दशमदव २६ अङ्कले गिरावट आएको छ ।

सोमबार नेप्सेमा १ सय ६५ कम्पनीका ५ हजार ७ सय ९७ कारोबारबाट १७ लाख ६१ हजार ८ सय १७ कित्ता सेयर किनबेच भई ५३ करोड ९६ लाख रुपैयाँबराबरको कारोबार भएको छ, जुन आइतबारको कारोबार रकमभन्दा १ करोडले कम हो ।

आइतबार नेप्सेमा १ सय ६६ कम्पनीका ५ हजार ७ सय ५४ कारोबारबाट २ लाख ८२ हजार ९ सय २० कित्ता सेयर किनबेच हुँदा ५८ करोड २२ लाख ५० हजार ८ सय २८ रुपैयाँबराबरको कारोबार भएको थियो ।