‘निजगढ विमानस्थल जिरो भिजिबिलिटीमा सञ्चालन हुन्छ’

राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सभासदरुले निजगढ विमानस्थलको विषयमा धेरै विरोधका आवाजहरु उठेको भन्दै मन्त्री अधिकारीलाई स्पष्ट पार्न आग्रह गरेका थिए । सभासद्हरुको प्रश्नको जवाफ दिँदै मन्त्री अधिकारीले २७ देशको ट्रान्जिट प्वाइन्ट बन्ने भएकाले विश्वकै सबैभन्दा लोभलाग्दो विमानस्थलको रुपमा रहेको बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल जिरो भिजिबिलिटीमा सञ्चालन हुने बताएका छन् । नेपालमा सञ्चालनमा रहेका र सञ्चालनमा आउन लागेका कुनै पनि विमानस्थल जिरो भिजिबिलिटीमा प्रयोग गर्न सक्नेखालका नभएको बताउँदै निजगढको विषेशता फरक रहेको मन्त्री अधिकारीले जानकारी दिए ।

राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सभासदरुले निजगढ विमानस्थलको विषयमा धेरै विरोधका आवाजहरु उठेको भन्दै मन्त्री अधिकारीलाई स्पष्ट पार्न आग्रह गरेका थिए । सभासद्हरुको प्रश्नको जवाफ दिँदै मन्त्री अधिकारीले २७ देशको ट्रान्जिट प्वाइन्ट बन्ने भएकाले विश्वकै सबैभन्दा लोभलाग्दो विमानस्थलको रुपमा रहेको बताए ।

विमानस्थल निर्माणका लागि १९९६ मा आठ स्थानको निरीक्षणपछि निजगढलाई छनौट गरेको भन्दै अब तीव्ररुपमा काम अघि बढ्ने मन्त्री अधिकारीले जानकारी गराएका छन् । ‘नेपालमा आउने पर्यटकको सङ्ख्यालाई अहिलेको विमानस्थलहरुले भार थाम्न सक्दैन, मन्त्री अधिकारीले भने, वातावरणमा कम क्षति हुने गरी काम अगाडि बढाउछौं ।’ विमानस्थल निर्माणका लागि विभिन्न एयरलाइन्सहरुले पनि चासो देखाइरहेको बताए ।

विमानस्थल निर्माणको लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) आफूसँग रहेको र त्यहिको आधारमा एकैसाथ काम अगाडि बढाइरहेको सभासदहरुलाई जानकारी गराएका छन् । ‘ एकैचोटि सबैकाम नगरे २०/२५ वर्षमा पनि विमानस्थलको काम सकिन्न,’ मन्त्री अधिकारीले भने, ‘त्यसैले हामी ५।७ वर्षमा बनाई सक्ने गरी मन्त्रालयले काम अगाडि बढाइएको हो ।’ विमानस्थल निर्माणका लागि आयोजनाले काटेको रुखको ठाउँमा अर्को विरुवा रोप्ने ठाउँको पहिचान गरेपछि मात्र काटने बताए ।