कम्पनीको सञ्चालक समितिले साधारण सभामा १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदै छ ।
सानिमा माई हाइड्रोपावरले वार्षिक साधारण सभाका लागि असोज २५ देखि कात्तिक ८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । कम्पनीको वार्षिक साधारण सभा कात्तिक ८ गते हुने भएको छ ।
कम्पनीको सञ्चालक समितिले साधारण सभामा १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदै छ । १० प्रतिशतका दरले बोनस सेयर तथा ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने कम्पनीले जनाएको छ ।
असोज २५ गतेसम्म सेयरधनी रहने लगानीकर्ताले मात्र कम्पनीको लाभांश पाउनेछन् ।