तेह्रथुम पावरको बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल

कम्पनीले आयोजना प्रभावितका लागि जारी पँुजीको १० प्रतिशत तथा सर्वसाधारणका लागि २० प्रतिशत साधारण सेयर (आईपीओ) जारी गर्दै छ ।

तेह्रथुम पावर कम्पनीले आफ्नो सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले आयोजना प्रभावितका लागि जारी पँुजीको १० प्रतिशत तथा सर्वसाधारणका लागि २० प्रतिशत साधारण सेयर (आईपीओ) जारी गर्दै छ ।

सेयर निष्कासनसम्बन्धी सम्झौतापत्रमा तेह्रथुम पावरका प्रबन्ध सञ्चालक मोहनकुमार डाँगी र एनआईबीएल एस क्यापिटलका मेखबहादुर थापाले हस्ताक्षर गरे ।

हाल उक्त कम्पनीको अधिकृत पुँजी ४० करोड, जारी पुँजी ४० करोड रुपैयाँ र चुक्ता पुँजी २८ करोड रुपैयाँ छ । स्थानीय बासिन्दा तथा सर्वसाधारणमा सेयर निष्कासन गरी बाँडफाँड गरेपश्चात् कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ पुग्नेछ ।