बोर्डले प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार रेडियो नेपालबाट सेयर बजारसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
नेपाल धितोपत्र बोर्डले सेयर बजार सुधारका लागि रेडियो कार्यक्रम सञ्चालनमा ल्याएको छ । बोर्डले प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार रेडियो नेपालबाट सेयर बजारसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
नेपाल धितोपत्र बोर्ड र रेडियो नेपालबीच भएको सम्झौतापछि महिनाको दुई दिन सेयर बजारसम्बन्धी कार्यक्रम हुने छ । यससम्बन्धी सम्झौतापत्रमा बोर्डका कार्यकारी निर्देशक परिष्टनाथ पौडेल र रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले हस्ताक्षर गरे । उक्त कार्यक्रमको पहिलो शृङ्खला विश्व लगानीकर्ता सप्ताहको अवसरमा असोज २० गते शनिवार हुने बोर्डले जनाएको छ ।
पछिल्लो समयसेयर बजार घट्दै गएकाले सुधारका लागि बोर्डले यस प्रकारको कार्यक्रम सञ्चालनमा ल्याएको जनाएको छ । रेडियो कार्यक्रमबाट सेयर बजारसम्बन्धी ज्ञान गाउँघरमा पुग्ने बोर्डको विश्वास छ ।