हेलिकप्टर व्यवसायीहरुको नयाँ संस्था हेलिकप्टर सोसाइटी अफ नेपालको अध्यक्षमा सिम्रिक एयरका अध्यक्ष रामेश्वर थापा छन् । थापाले गत साउन ११ गते वायु सेवा सञ्चालक सङ्घको साधारण सदस्य पनि नरहने गरी राजिनामा दिएका थिए ।
उडड्यन व्यवसायमा रहेका व्यवसायीहरुको संस्था वायु सेवा सञ्चालक सङ्घबाट हेलिकप्टर व्यवसायीहरु अलग भएका छन् ।
सरकारले केही हेलिकप्टर कम्पनीलाई पनि कारबाहीको दायरामा ल्याएपछि वायु सेवा सञ्चालक सङ्घले समाधानका लागि कुनै पनि पहल नगरेको भन्दै हेलिकप्टर व्यवसायीहरु अलग भएका हुन् । हेलिकप्टर व्यवसायीहरुको नयाँ संस्था हेलिकप्टर सोसाइटी अफ नेपालको अध्यक्षमा सिम्रिक एयरका अध्यक्ष रामेश्वर थापा छन् । थापाले गत साउन ११ गते वायु सेवा सञ्चालक सङ्घको साधारण सदस्य पनि नरहने गरी राजिनामा दिएका थिए ।
सरकारले सत्य तथ्य छानबिन नगरी फेक रेक्स्यू भन्दै हेलिकप्टर कम्पनीलाई पनि कारबाहीको दायरा ल्याएको र सङ्घले समाधानमा कुनै भूमिका नखेलेको भन्दै थापाले राजिनामा दिएका थिए । त्यही विवाद हुँदै हेलिकप्टर व्यवसायी अलग हुँदै नयाँ संस्था खोलेका हुन् ।
सोसाइटीका वरिष्ठ उपाध्यक्षमा एयर डाइनेष्टीका आङ्गछिरिङ शेर्पा, उपाध्यक्षमा मनाङ एयरका सतिशप्रसाद प्रधान, महासचिवमा हेली एभरेष्टका योगराज कँडेल, कोषाध्यक्षमा कैलाश हेलिकप्टरका प्रतापजङ्ग पाण्डे, सदस्यहरुमा प्रभु हेलिकप्टरका विनोद थकाली, श्री एयरलाइन्सका अनिल मानन्धर, अल्टिच्युड हेलिकप्टरका निमानूरु शेर्पा छन् ।
१० हेलिकप्टर कम्पनीमध्ये फिस्टेल हेलिकप्टर र माउन्टेन हेलिकप्टर नयाँ संस्थामा आबद्ध भैसकेका छैनन् ।