आइतबारदेखि लगानीकर्ताले दोस्रो बजारमा धितोपत्रको कारोबारपछि बिक्री भएको राफसाफ ‘मेरो सेयर’बाट विद्युतीय निर्देशन जारी (भुक्तानी) गर्न सकिने भएको छ । नयाँ प्रविधिअनुसार लगानीकर्ताले आपूmले बिक्री गरेको धितोपत्रको कारोबारसम्बन्धी विवरण हेर्न मिल्ने भएको हो ।
सेयर खरिद गरेबापतको कर अब ‘मेरो सेयर’ एपबाटै तिर्न सकिने भएको छ । यस अघिसम्म सेयर कारोबार गरेबापत लाग्ने २५ रुपैयाँ कर सेयर ब्रोकरले बैङ्कमा लाइन बसेर भुक्तानी गर्नुपर्ने बाध्यता थियो ।
तर, सीडीएस एन्ड क्लियरिङले ल्याएको नयाँ प्रविधिअनुसार मेरो सेयर एपबाटै भुक्तानी गर्न सकिने नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिए ।
उनका अनुसार यस प्रविधिले नेपाली पुँजी बजारलाई नयाँ युगमा पु¥याएको र अब लगानीकर्ताले सेयर किनेबापतको २५ रुपैयाँ तिर्न सेयर ब्रोकरलाई बैङ्कमा लाइन बस्न पर्दैन ।
आइतबारदेखि लगानीकर्ताले दोस्रो बजारमा धितोपत्रको कारोबारपछि बिक्री भएको राफसाफ ‘मेरो सेयर’बाट विद्युतीय निर्देशन जारी (भुक्तानी) गर्न सकिने भएको छ । नयाँ प्रविधिअनुसार लगानीकर्ताले आपूmले बिक्री गरेको धितोपत्रको कारोबारसम्बन्धी विवरण हेर्न मिल्ने भएको हो ।
साथै अब लगानीकर्ताले कारोबार सम्पन्न भएको दिनदेखि कारोबार भएपछिको दोस्रो कार्यदिनसम्मको समयभित्र जुनसुकै बेला पनि आफ्नो खातामा रहेको निक्षेप सदस्यलाई निर्देशन पुर्जी जारी गर्न सक्नेछन् ।
आइतबारको कारोबार समयपछि सम्पूर्ण बिक्रीकर्ता लगानीकर्ताले आफ्नो मेरो सेयर पोर्टलमार्फत् नै विद्युतीय निर्देशन पुर्जी जारी गर्न सक्ने व्यवस्था सीडीएस एन्ड क्लियरिङ्ले गरेको हो ।
त्यसैगरी, आइतबारदेखि कारोबार भएका धितोपत्रको हकमा लाग्ने हस्तान्तरण शुल्क लगानीकर्ताले आफ्ना राफसाफ सदस्यलाई बुझाउनु पर्ने र सो शुल्क सम्बन्धित राफसाफ सदस्यमार्फत् कारोबारको राफसाफ तथा फछ्र्यौट प्रणालीमार्फत् सङ्कलन गर्ने व्यवस्था गरिएको सीडीएसले जनाएको छ ।
लगानीकर्ताले यस प्रकारका प्रविधि जान्नु पर्ने भएकाले मोक टे«डिङ अनलाइन कारोबारका लागि सहज हुने गरी ल्याइएको भए पनि लगानीकर्ताले प्रयोग नगरेको साउदले बताए ।