साताको अन्तिम दिन नेप्से ३ अङ्कले घट्यो

कारोबार सुरु भएदेखि घटेको नेप्से ९ अङ्कले तल पुगेपछि एकाएक सुधार भई १ अङ्क बढेको थियो । त्यसपछि स्थिर रहँदै घटेको नेप्से ५ अङ्कसम्म घटेपछि फेरि उकालो लाग्दै गिरावट ३ अङ्कमा कायम भएको हो ।

साताको अन्तिम दिन सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३ दशमलव २३ अङ्कले घटेको छ । कारोबार सुरु भएदेखि घटेको नेप्से ९ अङ्कले तल पुगेपछि एकाएक सुधार भई १ अङ्क बढेको थियो । त्यसपछि स्थिर रहँदै घटेको नेप्से ५ अङ्कसम्म घटेपछि फेरि उकालो लाग्दै गिरावट ३ अङ्कमा कायम भएको हो ।

अन्तिम दिन आज नेप्सेमा तीन समूहबाहेक सबै समूहमा गिरावट आएको छ । आज जीवन बिमा शून्य दशमलव ५५, वित्त १ दशमलव ३६, व्यापार १ दशमलव ६९ अङ्कले घटेको छ । त्यसबाहेकका समूहमा होटल २६ दशमलव ६९, निर्जीवन बिमा १४ दशमलव ३, लघुवित्त ११ दशमलव २ अङ्कले घटेको छ भने बाँकी समूह सामान्य अङ्कले ओरालो लागेको छ ।

नेप्से घटेको दिन आज १ सय ६५ कम्पनीका ५ हजार ४ सय ४० कारोबारबाट १५ लाख ८२ हजार ५ सय ५८ कित्ता सेयर किनबेच भई ४२ करोड ४६ लाख ४४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ, जुन बुधबारको कारोबार रकमभन्दा ४ करोडले बढी हो ।

दोहोरो अङ्कले नेप्से घटेको दिन बुधबार १ सय ६५ कम्पनीका ४ हजार ७ सय ३८ कारोबारबाट १६ लाख ९० हजार ५ सय ११ कित्ता सेयर किनबेच भई ३७ लाख ४० लाख ४९ हजार ८ सय ७५ रुपैयाँ बराबरको कारोबार भएको थियो ।