प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युरोले नक्कली आरोहण अनुमति पत्र बनाउँदै आएका कर्मचारीलाई पक्राउ गरेको हो । प्रहरीले लिगल डिपार्टमेन्ट हेड कार्यरत निभेश कार्की, मार्केट्रिङ म्यानेजर फुर्तेन्जी शेर्पा र लेखापाल विजयश्वर अर्याललाई पक्राउ गरेको जनाएको छ ।
सेभन समिट टे«क्समा कार्यरत तीन जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युरोले नक्कली आरोहण अनुमति पत्र बनाउँदै आएका कर्मचारीलाई पक्राउ गरेको हो । प्रहरीले लिगल डिपार्टमेन्ट हेड कार्यरत निभेश कार्की, मार्केट्रिङ म्यानेजर फुर्तेन्जी शेर्पा र लेखापाल विजयश्वर अर्याललाई पक्राउ गरेको जनाएको छ ।
उनीहरुले सरकारबाट १२ जना विदेशी नागरिकलाई सगरमाथा चढाउने अनुमति लिए पनि किर्ते कागज बनाएर थप २ विदेशी नागरिकलाई आरोहणका लागि पठाएका थिए ।
ब्युरोका अनुसार तीन जनाले योजना बनाएर ३० चैत २०७४ मा सगरमाथा आरोहण गर्न तयार भएको १४ पिक एक्सपिरियन्स एभरेष्ट एक्सपिडिसन २०१८ नामको आरोहण दलको आरोहण अनुमति पत्र किर्ते गरेका हुन्। उनीहरुले आरोहण अनुमति पत्र पर्यटन विभागबाट लिएपछि त्यसमा भएको १२ जनाको नाममा १ जना चाइनिज नागरिक र १ जना अष्ट्रेलियन नागरिकको नाम थप गरेका हुन् ।
सेभेन ट्रेक्सले सगरमाथा प्रदूषण नियन्त्रण समिति, सोलुखुम्बुमा पेश गरेको पत्र र आरोहण दलको सम्पर्क अधिकृतको रुपमा खटिएका कर्मचारीले पर्यटन विभागबाट बुझेको सक्कली आरोहण पत्र बुझाएपछि घटना बाहिर आएको थियो।
२०७४ चैत्र ३० मा निभेश कार्कीले पर्यटन विभागबाट सक्कली आरोहण पत्र लिनु भन्दा केही दिन अगाडि पर्यटन विभागमा अनलाईनबाट १४ जनाकै लागि दरखास्त पेस गरेका थिए । पछि तीनै जनाले १४ जनाको सट्टा १२ जनाको मात्र परमीट निकालेर बाँकी २ जनाको परमीट शुल्क वापतको अमेरिकी डलर २२ हजार आपसमा बाँडने योजना बनाएका थिए ।
प्रहरीका अनुसार २२ हजार डलरमध्ये विजयश्वर अर्यालले ७ लाख ३५ हजार रुपैयाँ, फुर्तेन्जी शेर्पाले ७२ सय अमेरिकी डलर र बाँकी रकम निभेश कार्कीले लिएका थिए ।
ब्युरोले तीनै जनामाथि सरकारी दस्तखत छाप किर्ते र ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ ।