प्लास्टिक एक्स्पाेका अाकर्षण (फोटा फिचर)

आज शुत्रबारदेखि भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय प्लास्टिक प्रदर्शनी सुरु भएको छ । प्लास्ट नेपाल फाउन्डेसनले ‘प्लास्ट नेपाल २०१८’ आयोजना गरेको हो ।

प्लास्टिकलाई चिनौं’ भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एक सय २० उद्योगहरु सहभागी रहेको आयोजकले जनाएको छ । ती मध्य सबैभन्दा बढी भारतीय उत्पादक छन् ।

शुत्रबारदेखि सूरु भएको प्रदर्शनिमा प्लाष्टिकबाट बनेका दैनिक उपभोग्य बस्तु देखि ठूला ठूला उद्योगमा प्रयोग हुने मेसिन सम्म राखिएका छन् । उत्पादन, त्यसमा प्रयोग हुने औद्योगिक मेसिन, कच्चा पदार्थ आदिलाई आयोजकले बिषेश जोड दिएको छ । मेलामा आउने अवलोकन कर्ताले प्लाष्टिक सम्मबन्धी सम्पूण जनकारी लिन सक्ने आयोजकको भनाई छ ।