पूर्वाधारपछि पर्यटक : पाटाका पूर्वअध्यक्ष सुमन पाण्डेकाे विचार

नेपालमा केही आन्तरिक कारणले सोचेजस्तो उपलब्धि हासिल गर्न सकिएन । राजनीतिक अस्थिरता र सशस्त्र द्वन्द्वले नेपालको पर्यटन क्षेत्रलाई नराम्रोसँग प्रभावित बनायो । तर अहिले बिस्तारै राजनीतिक स्थिरता आएको छ । द्वन्द्व पनि सकिएको छ । यसले पर्यटन क्षेत्र बिस्तारै उकासिने अवस्थामा छ ।

नेपालमा पर्यटकीय गतिविधि बढाउँदै लैजाने सरकारको दीर्घकालीन योजना हो । यसअनुसार सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ । र यसैअनुरुप काम गरिरहेको छ । सरकारी पहलबाट यस्तो गतिविधि हुनु एकदमै राम्रो र समयसापेक्ष काम हो ।

लामो समय मुलुक द्वन्द्वमा गएको अवस्थामा हामीले सन् २०११ लाई नेपाल पर्यटन वर्षका रुपमा मनायौं । त्यसले हाम्रो द्वन्द्वबाट बिग्रिएको पर्यटन क्षेत्रको पुनर्जीवन पायो । टुक्राटुक्रामा विभक्त भएका राजनीतिक दलहरुलाई समन्वय गरी पर्यटनमार्फत एकता गराइयो । त्यही बेला नेपाल बन्दविरुद्ध राजनीतिक दलहरुले संयुक्त रुपमा हस्ताक्षरसमेत गरे । अहिले नेपाल बन्द हुने क्रम ९० प्रतिशत रोकिएको छ । यो भ्रमण वर्ष २०११ कै उपलब्धि हो । त्यो बेला २७ वटा पार्टीले टँुडीखेलमा जम्मा भएर अबको आर्थिक विकास पर्यटनमार्फत भनेर घोषणा गरेका थिए । सन् २०१५ मा भूकम्प गएपछि फेरि पर्यटन क्षेत्र ध्वस्त भयो । अब भूकम्पको घाउँ बिस्तारै सेलाइरहेको बेला सरकारले २०२० लाई भ्रमण वर्षका रुपमा मनाउने तयारीले पक्कै पनि पर्यटन क्षेत्रको विकास र विस्तारमा टेवा पुग्नेछ ।

१०/१५ वर्षको पेरिफेरीमा विश्वको पर्यटन इन्डिकेटर निकै राम्रो देखिएको छ । नेपालमा केही आन्तरिक कारणले सोचेजस्तो उपलब्धि हासिल गर्न सकिएन । राजनीतिक अस्थिरता र सशस्त्र द्वन्द्वले नेपालको पर्यटन क्षेत्रलाई नराम्रोसँग प्रभावित बनायो । तर अहिले बिस्तारै राजनीतिक स्थिरता आएको छ । द्वन्द्व पनि सकिएको छ । यसले पर्यटन क्षेत्र बिस्तारै उकासिने अवस्थामा छ ।

विश्वबजारले पर्यटनबाट लाभ लिइसके पनि नेपालले त्यसको लाभ प्रशस्त लिन सकेको छैन । अर्को अहिले जुन हिसाबले पर्यटक बढेका छन्, त्यो हिसाबले हामीले डबल लाभ लिन सक्ने स्थितिमा छांै । अहिलेको पर्यटन आगमन निकै बढेको छ । जुलाईमा ७६ प्रतिशत पर्यटक बढेका छन् । यसै सन्र्दभमा निजीक्षेत्रले सन् २०३० सम्ममा ५० लाख पर्यटक नेपाल भित्र्याउने घोषणा गरेको थियो । त्यसका लागि २०१८ देखि नै वार्षिक १३ दशमलव २ प्रतिशत ग्रोथ हासिल गर्नुपथ्र्यो । अब राज्यले त्योभन्दा पनि महत्वाकाङ्क्षी योजना लिएर अघि बढेको छ । अब हामीले २५ प्रतिशत ग्रोथ हासिल गर्न आवश्यक छ । महङ्खवाकाङ्क्षी देखिए पनि विश्व परिस्थिति अनुकूल रहेकाले त्यो सम्भव देखिएको छ । राजनीतिक स्थिरता एवम् द्वन्द्व रुपान्तरण भइसकेकाले मुलुक सबैतिरबाट आर्थिक समृद्धिमा लागेको हुँदा भ्रमण वर्ष २०२० उपयुक्त छ ।

२०२० मा २० लाख पर्यटक ल्याउने सरकारी योजना छ । यो हाम्रो भिजन हो । निजीक्षेत्रले पनि यही चाहेको हो । भिजनलाई सपोर्ट गर्ने दुई कुरा आवश्यक हुन्छन्— योजना र कार्यान्वयन । योजना २० लाख पर्यटक नेपाल ल्याउने हो । त्यसका लागि के गर्ने भनेर हामीले विभिन्न कार्यक्रम बनाउनुपर्छ । सँगै त्यसलाई नेतृत्व गर्ने टिम पनि राम्रो बनाउनुपर्छ । साथै प्रचारप्रसार, पूर्वाधार निर्माणका विषय पनि सँगै आउँछन् । अहिले हामी सन् २०१८ को अन्तिममा छांै । २०२० मा सबै पूर्वाधार निर्माण गर्न सकिँदैन । बरु २०३० लाई लक्ष्य गरी अहिलेदेखि नै पूर्वधार निर्माणमा लागौं । २०२० लाई लक्षित गरी ४/५ ओटा मिसनलाई सफल बनाउन आवश्यक देखिन्छ ।

पहिलो, हामीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता बढाउनुपर्छ । त्यसका लागि मन्त्री रवीन्द्र अधिकारी लागिपर्नुभएको छ । तथापि त्यो पूर्ण रुपमा प्रभावकारी भएको देखिँदैन । जे गर्नुपर्ने हो, त्यो सबै भएको छैन । र अझै गर्नुपर्ने काम धेरै छन् । विभिन्न चरणमा विभिन्न कोणबाट बौद्धिक बहस हुन आवश्यक छ । क्षमता बढाउन यसलाई पर्यटन मन्त्रालय र नागरिक उड्डयन मन्त्रालयभित्र मात्र सीमित गर्नुहुँदैन । नेपालमा बुद्धि भएका मान्छे बाहिर पनि छन् । त्यसैल कतिपय अवस्थामा विदेशी विज्ञको समेत सहयोग लिनुपर्ने अवस्था छ ।

नेपाल अहिले पनि युरोपिएन युनियन (ईयू)को कालोसूचीमा छ । त्यो कालोसूचीबाट हटाउन हाम्रो संरचना मात्र पर्याप्त छैन । यसका लागि अन्तर्राष्ट्रिय लबिइङमा जानुपर्छ । अन्तर्राष्ट्रिय लबिङ गर्न हामीले एउटा रणनीतिक संरचना बनाउनुपर्छ । र हामीले आउँदो डिसेम्बरभित्रमा कालोसूचीबाट हटाउन सक्यौं भने ठूलो लाभ आउन सक्छ । नेपाल वायुसेवा निगमले नयाँ वाइडबडी थपेको अवस्थामा यो अरु सान्दर्भिक हुन्छ । ईयूको कालोसूचीबाट हटेपछि नेपालमा अन्तर्राष्ट्रिय पर्यटक ल्याउन ठूलो मद्दत गर्न सक्छ ।

अहिले सबैभन्दा ठूलो मार्केट चीन र भारत हुन् । चिनियाँ पर्यटक नेपाल भिœयाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल एक मात्र द्वार हो । तर सडकमार्गबाट आउन हाम्रा राजमार्गहरु असाध्यै प्रतिकूल अवस्थामा छन् । त्यसका लागि सरकारले दुई काम गर्नुपर्छ ।

पहिलो, चीनसँग पहल गरेर छिटोभन्दा छिटो कोदारी राजमार्ग खोलिहाल्नुपर्छ । त्यसका लागि चीनसँग कस्तो सम्झौता गर्नुपर्छ, हामीले के दिनुपर्छ त्यो दिएर सहमति गर्नुपर्छ । दोस्रो, केरुङको बाटो छिटो र ठूलो बनाउनुपर्छ । यी दुई राजमार्ग ल्यान्डस्लाइट जोनमा परेका हुनाले त्यो दुवै राजमार्ग जियोलजिकल कन्डिसन राम्रो छैन । एकातिर बाटो नराम्रो छ । र अर्कोतर्फ पहिरो गइरहने समस्या पनि उत्तिकै छ । त्यसैले सडक विभागसँग समन्वय चौबीसै घण्टाट मर्मतसम्भार गर्न विशेष कोषको व्यवस्था गर्नुपर्छ । त्रिशूलीदेखि केरुङसम्म पहिरो गइरहने भएकाले त्यसको व्यवस्थापनको काम नियमित गर्नुपर्छ । बाह्रै महिना सजिलै राजमार्ग सञ्चालन गर्न सकियो भने चीनबाट तिब्बतमा वार्षिक १ करोड ६० लाख पर्यटक आउँछन् । तीमध्ये ५ प्रतिशतलाई मात्र नेपाल ल्याउन सकियो भने पनि ८ लाख चाइनिज सडकमार्गबाटै ल्याउन सकिन्छ । २ लाख हवाई मार्गबाट ल्याउन सकियो भने १० लाख हुन्छ ।

भारतबाट नेपालमा पनि धेरै पर्यटक ल्याउन सकिन्छ । आइरहेका पनि छन् । उनीहरुले नेपालमा घुम्ने ठाउँ भनेको काठमाडौं, पोखरा र चितवन मात्र बुझेका छन् । त्यसैले कोदारी र केरुङको सडक राम्रो बनाउन सके कैलाश मानसरोवरका लागि आउने भारतीय पर्यटकलाई यतातिर पनि लैजान सकिन्छ । अर्को वीरगन्जदेखि मुग्लिनको राजमार्ग र काठमाडौंदेखि लुम्बिनीसम्मको राजमार्गमा आपत्कालीन मर्मतसम्भारका लागि छुट्टै युनिट खडा गर्नुपर्छ । यसले गर्दा भारतबाट आएका पर्यटक घण्टौंसम्म नागढुङ्गाको जाममा रोकिएर बस्न नपरोस् । आउने हिउँदमा नागढुङ्गाबाट खानी खोलासम्म जाने सडक बनाएर उकालो नआए पनि ओरालो मात्र गाडि जाने भए पनि सडक बनाउनुपर्छ । त्यसले केही न केही सहज हुन्छ ।

त्यस्तै भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको कामलाई २४सै घण्टा सञ्चालन गरेर २०१९ मा सम्पन्न गर्ने योजना अगाडि बढाउनुपर्छ । २०१९ मा सञ्चालनमा आउने भैरहवा एयरपोर्टको आजैबाट मार्केटिङ सुरु गर्नुपर्छ । एयरपोर्ट बनेपछि टेन्डर गर्नेभन्दा पनि अहिलेदेखि नै प्लानिङ सुरु गर्नुपर्छ । यसले एयरपोर्ट सञ्चालन भएकै दिनबाट दैनिक २० उडान गर्न सक्नुपर्छ । त्यसका लागि स्टाटेजी पार्टनर भिœयाउनुपर्छ । भ्रमण वर्ष २०२० लाई लक्ष्य गरी मिल्छ भने भैरहवा एयरपोर्ट केही समयका लागि निःशुल्क दिए पनि हुन्छ । मलेसियाले नयाँ एयरपोर्ट बनाएपछि त्यसको प्रचारप्रसार गर्न केही समय निःशुल्क दिएको थियो । हामीले पनि त्यसलाई सिको गर्न सक्छौं । जसले गर्दा भैरहवा एयरपोर्टको प्रचारप्रसार होस् । मुलुकले महान् लक्ष्य लिँदा सानोतिनो लगानीलाई हामीले आँखा चिम्लनैपर्छ । त्यसकारण भैरहवा एयरपोर्टमा दैनिक २०/२५ ओटा फ्लाइट अपग्रेट गर्ने गरी मेकानिजम बनाउनु आवश्यक छ । त्यस्तै लुम्बिनी आउने पर्यटकलाई बोधगया, भियतनाम, थाइल्यान्ड, भुटान र म्यानमारसँग जोड्ने र फ्लाइट, मार्केटिङ्गको प्लानिङ र टुर अपरेटरहरुलाई आजकै दिनबाट परिचालन गर्नुप¥यो । ठूलाठूला विदेशी एयरलाइन्ससँग आजैबाटै कुरा अगाडि बढाउनुप¥यो । र बिजनेस स्ट्राटेजी बनाउनुप¥यो । त्यति भयो भने २० लाख पर्यटक सहजै बनाउन सकिन्छ ।

अर्को पाटो एक्जिक्विसन । एक्जिक्विसनको पार्टमा हाम्रो योजनो के हो भन्ने विषयमा बलियो टिम बनाउनुप¥यो । पर्यटनमन्त्रीको वरिपरि कोको आउँछन् र पर्यटन मन्त्रालयको वरिपरि को छन् भन्ने मात्र हेरेर हुँदैन । हामीलाई चाहिने मान्छेहरु बाहिरबाट पनि खोजेर ल्याउनुप¥यो । कसले एयरपोर्ट ह्यान्डिल गर्न सक्छ, कसले ट्रान्सपोर्टको ह्यान्डिल गर्न सक्छ, कसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विकासमा काम गर्न सक्छ, कसले अन्तर्राष्ट्रिय रुपमा समन्वय गर्न सक्छ, त्यस्ता सक्षम व्यक्तिको पहिचान गरी तिनलाई टिममा राखेर आआफ्नो जिम्मेवारी दिनुपर्छ । हरेक क्षेत्रको कामको नियमित अनुगमन गर्ने मन्त्री, सचिव र मन्त्रालयको काम हो । सरकारी संयन्त्रले मात्र यी सबै काम हुने हो भने अहिलेसम्म यस्तो अवस्था आउँदैनथ्यो । त्यसकारण कुनै पनि नयाँ काम गर्न नयाँ योजनाका साथ नयाँ भोलिन्टियर खोज्न जरुरी छ । टिममा हाम्रोभन्दा राम्रो मान्छे खोज्नुपर्छ । बौद्धिक मान्छे जुन पार्टीका भए पनि ल्याउनुपर्छ । गैरपार्टीको भए पनि टिमभित्र ल्याएर हरेक विषयलाई टाइम टेबलअनुसार काम गर्न सक्नुपर्छ । भैरहवा एयरपोर्ट २०१९ को अक्टोबरमा सकिन्छ भने अहिलेदेखि नै हामीले प्लानिङ बनाएर काम गर्नुपर्छ । कुन दिन के काम गर्ने र कति दिनमा कति काम सम्पन्न गर्ने भन्ने योजना बनाउन सकिएन भने हामी फेरि पछि पर्छौं ।

२० लाख पर्यटक नेपाल भित्रिँदा हाम्रो आर्थिक स्थिति अहिलेको भन्दा चलायमान हुन्छ । अहिले पर्यटनको योगदान करिब १० प्रतिशत पुगिसकेको छ भने आर्थिक वृद्धिदर राज्यले ८ प्रतिशत टार्गेट गरेको छ । र विश्व बैङ्कले ४ प्रतिशत मात्र पुग्छ भनेको छ । राष्ट्र बैङ्कले ६ प्रतिशत पुग्छ भनिरहेको छ । यस्तो अवस्थामा पर्यटनका कारण ३ प्रतिशत मात्र वृद्धि भयो र ९ प्रतिशत पुग्यो भने त्यो गोल्डेन ग्रोथ हो । त्यसलाई अरु फ्याक्टरबाट पनि २/३ प्रतिशत बढाएर ११/१२ प्रतिशत पु¥याउन सकियो भने विश्वभरि चासो हुन्छ । यसले पनि नेपालको विश्वभर प्रचारप्रसार हुन्छ । पर्यटन क्षेत्रले ठूलो फाइदा लिन सक्छ । उदाहरणका लागि विश्वकपमा फ्रान्स र क्रोएसियाबीचको खेलले क्रोएसियाको पर्यटन ५ सय प्रतिशतले बढ्यो, जुन देश भर्खरै मात्र बनेको हो । क्रोएसिया भन्ने देश कस्तो रहेछ भनेर विश्वको ध्यान त्यतै गयो र देश हेर्न जानको सङ्ख्या पनि बढ्यो । हामीले आर्थिक वृद्धिदर ११/१२ प्रतिशत मात्र पु¥याउन सक्यौ भने नेपालमा २०२० मा २० लाख होइन, २५ लाख पर्यटक आउँछन् ।