नेप्से दोहोरो अङ्कले झरेसँगै १२०० नजिक

आइतबार १ सय ६० कम्पनीका ४ हजार ७ सय ४५ कारोबारबाट १३ लाख ३७ लाख ५ सय २६ कित्ता सेयर किनबेच भई ४० करोड ७५ लाख १ हजार ८ सय ४१ रुपैयाँबराबरको कारोबार भएको छ, जुन बिहीबारको कारोबार रकमभन्दा ३ करोड रुपैयाँले बढी हो ।

साताको पहिलो दिन आइतबार सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) १२ दशमलव २२ अङ्कले घटेको छ । कारोबार भएकामध्ये ९ समूहमा गिरावट आउँदा समग्र नेप्से दोहोरो अङ्कले घटेको हो । आज कारोबार भएका सबै समूहमध्ये उत्पादनमूलक र अन्य समूहबाहेक सबै समूहमा गिरावट आएको छ ।

आज आइतबार १ सय ६० कम्पनीका ४ हजार ७ सय ४५ कारोबारबाट १३ लाख ३७ लाख ५ सय २६ कित्ता सेयर किनबेच भई ४० करोड ७५ लाख १ हजार ८ सय ४१ रुपैयाँबराबरको कारोबार भएको छ, जुन बिहीबारको कारोबार रकमभन्दा ३ करोड रुपैयाँले बढी हो ।

नेप्सेमा दोहोरो अङ्कले गिरावट आएको दिन बिहीबार १ सय ६५ कम्पनीका ४ हजार ७ सय ३८ कारोबारबाट १६ लाख ९० हजार ५ सय ११ कित्ता सेयर किनबेच भई ३७ करोड ४० लाख ४९ हजार ८ सय ७५ रुपैयाँबराबरको कारोबार भएको थियो ।

१ हजार २ सय २७ दशमलव ३७ अङ्कबाट सुरु भएको नेप्से १२ अङ्कले घट्दै १ हजार २ सय १४ दशमलव ३६ अङ्क कायम भएको छ । कारोबार सुरु भएदेखि घटन थालेको बजार १५ अङ्कसम्मको गिरावटपछि केही सुधार आउँदै ८ अङ्कको गिरावट कायम भएको थियो । तर, पुनः नेप्से घट्दै १२ अङ्कले झरेको हो ।

बजार घटेको दिन आज नेप्सेमा उत्पादनमूलक २ दशमलव ५९ र अन्य शून्य दशमलव ९२ अङ्कले बढेको छ । त्यसैगरी सबैभन्दा बढी निर्जीवन बिमा १०२ दशमलव २५, जीवन बिमा ५४ दशमलव २९, होटल ३७ दशमलव २२, विकास बैङ्क २१ दशमलव २२, लघुवित्त १८ दशमलव ८६ अङ्कले घटेको छ । त्यस्तै अरु समूहमा पनि सामान्य अङ्कको गिरावट आएको छ ।

आइतबार नाडेप लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९ दशमलव ९८ प्रतिशत बढेको छ भने लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९ दशमलव ९३ प्रतिशतले घटेको छ ।