स्वेदेशी लघुवित्तको लाभांश प्रस्ताव खारेज

स्वदेशी लघुवित्त वित्तीय संस्थाको १० प्रतिशत नगद लाभांश खारेज भएको छ । कम्पनीले १ः१ को अनुपातमा हकप्रद जारी गरी कायम हुने चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको थियो ।

कम्पनीले १ः१ को अनुपातमा हकप्रद निष्कासन गरेपछि हुने २३ करोड रुपैयाँ चुक्ता पुँजीको १० प्रतिशतका दरले २ करोड ३० लाख रुपैयाँ बराबरको नगद लाभांश दिने घोषणा गरेको थियो ।

कम्पनीको सञ्चालक समितिले गरेको सम्पूर्ण निर्णय खारेज गरिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचना जारी गरिएको छ ।