पूर्णिमा विकासले ११ प्रतिशत लाभांश वितरण गर्ने

कम्पनीले ५ प्रतिशत बोनस सेयर तथा ६ दशलमव ३७ प्रतिशत नगद लाभांश दिने भएको हो ।

पूर्णिमा विकास बैङ्कले लगानीकर्तालाई गत आर्थिक वर्षको नाफाबाट ११ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले ५ प्रतिशत बोनस सेयर तथा ६ दशलमव ३७ प्रतिशत नगद लाभांश दिने भएको हो ।

कम्पनीको सञ्चालक समितिले गरेको निर्णय आगामी वार्षिक साधारण सभाबाट पारित भई नेपाल राष्ट्र बैङ्कको स्वीकृतिपछि वितरण हुने जनाइएको छ ।