नेपालले २०२० लाई भ्रमण वर्षका रुपमा मनाउने र २० लाख पर्यटक नेपाल भित्र्याउने तयारी गरिरहेको बेला एनआरएनएले टुरिजम प्रमोसन इयरका रुपमा मनाउने योजनासहित कार्यक्रम सार्वजनिक गरेको हो ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले २०१९ लाई टुरिजम प्रमोसन इयरका रूपमा मनाउने भएको छ । नेपालले २०२० लाई भ्रमण वर्षका रुपमा मनाउने र २० लाख पर्यटक नेपाल भित्र्याउने तयारी गरिरहेको बेला एनआरएनएले टुरिजम प्रमोसन इयरका रुपमा मनाउने योजनासहित कार्यक्रम सार्वजनिक गरेको हो ।
नेपाल पर्यटन बोर्ड र एनआरएनएको संयुक्त आयोजनामा सोमबार भएको कार्यक्रममा अध्यक्ष भवन भट्टले २०१९ का लागि विश्वभर टुरिजम प्रमोसन कार्यक्रम गर्ने घोषणा गरेका हुन् । ‘विश्वभर नेपाली बसोवास गर्दै आएका छन्,’ अध्यक्ष भट्टले भने, ‘नेपालले आयोजना गरेको बृहत् अभियानमा सहयोग पु¥याउन आफूहरु लागिपरेका छौं ।’ नेपालीहरु बसोवास गर्र्दै आएका सबै देशमा त्यहाँका नेपाली प्रतिनिधिसँगको सहकार्यमा नेपालमा पर्यटक पठाउने अभियान चलाउने उनको भनाइ छ ।
पर्यटन क्षेत्रको विकासले नै विश्वका धेरै मुलुकको आर्थिक अवस्था मजबुत भएको र नेपालमा पनि धेरै पर्यटक ल्याउन आवश्यक रहेको उनले बताए । नेपालमा धेरै पर्यटक भित्र्याउन ‘अतिथि देवो भव’ अभियानलाई निरन्तरता दिने उनको भनाइ छ । नेपाल आउने पर्यटकहरुलाई लक्ष्य गरी ‘नमस्ते क्याम्पियन’को समेत थालनी गरिएको उनले जानकारी दिए ।
प्रवासमा बसेर नेपालको पर्यटन क्षेत्रमा सहयोग पु¥याउने उद्देश्यका साथ ‘तीन जना साथीलाई नेपाल पठाऊ’ अभियान पनि सञ्चालन गरिरहेको उनले बताए । प्रवासी नेपालीले नेपालको प्रचार गरी आफ्ना तीन/तीन जना साथीलाई मात्र नेपालमा पठाउन सके पनि पर्यटन क्षेत्रमा ठूलो टेवा पुग्ने उनको विश्वास छ ।
अध्यक्ष भट्टले नेपाल आउने पर्यटकको दर्जा नतोक्न अनुरोध गरेका छन् । पछिल्लो समय खर्च गर्ने र नगर्ने पर्यटक भन्न लागिएको र त्यसले नकारात्मक प्रभाव फैलने उनको तर्क छ । यहाँ आउने जुनसुकै स्तरका पर्यटक भए पनि ती नेपालका पाहुना भएकाले उनीहरुलाई समान व्यवहार र समान सम्मान गर्न सम्बन्धित निकायहरुलाई अनुरोध गरेका छन् ।
भ्रमण वर्ष २०२० लाई सफल बनाउन र विभिन्न देशमा रहेका नेपालीहरुले नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउन विदेशमा रहेका पर्यटन क्षेत्रका सङ्घसंस्थासँग समन्वय गरी कार्यक्रम सञ्चालन गर्दै आएको एनआरएनएका उपाध्यक्ष सपिला राजभण्डारीले बताइन् । यस्तै सगरमाथाको प्रचारप्रसारका लागि सगरमाथा आरोहण गरिसकेकाहरुसँग त्यहाँका टेलिभिजन, अनलाइन र पत्रपत्रिकामा आफ्नो अनुभव प्रसारण र प्रकाशन गर्न समन्वय गरिरहेको उनको भनाइ छ ।
नेपालको पर्यटन प्रवद्र्धनमा एनआरएनले खेलेको भूमिकाको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले प्रशंसा गरे । एनआरएनले गरेका कार्यक्रममा सहकार्य गर्न आफूहरु तयार रहेको समेत उनले बताए ।