कम्पनीले निष्कासन गर्ने १३ लाख ७६ हजार २० कित्ता सेयरमध्येबाट ६८ हजार ८ सय १ कित्ता सामूहिक लगानी कोषलाई र २७ हजार ५ सय २० कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ ।
आँखु खोला हाइड्रोपावरले मङ्गलबारदेखि १३ करोड ७६ लाख दुई हजार रुपैयाँबराबरको १३ लाख ७६ हजार २० कित्ता साधारण सेयरको (आईपीओ) प्राथमिक निष्कासन गरेको छ ।
कम्पनीले निष्कासन गर्ने १३ लाख ७६ हजार २० कित्ता सेयरमध्येबाट ६८ हजार ८ सय १ कित्ता सामूहिक लगानी कोषलाई र २७ हजार ५ सय २० कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ ।
कम्पनीको सेयरमा सर्वसाधारणले १२ लाख ७९ हजार ६ सय ९९ कित्ताका लागि आवदेन भर्न पाउने छन् । आवदेकले न्यूनतम ५० कित्तादेखि अधिकतम ६ हजार कित्तासम्म आवेदन गर्न पाउने छन् । यसको बिक्री प्रबन्धकमा सिभिल क्यापिटल तोकिएको छ ।
आवेदनका लागि सीआस्बा अनुमति प्राप्त गरेका बैङ्क तथा वित्तीय संस्थामार्फत् ७७ जिल्लाबाटै आवेदन भर्न सकिने कम्पनीले जनाएको छ । इक्रा नेपालले आँखु खोलाको आईपीओलाई ५ ग्रेडिङ दिएको छ ।