गुहेश्वरी मर्चेन्ट एन्ड फाइनान्सको बुक क्लोज कात्तिक ९ देखि

गुहेश्वरी मर्चेन्ट एन्ड फाइनान्सले साधारण सभामा करसहित ४ करोड २१ लाख ५ हजार ६ सय रुपैयाँबराबरको नगद लाभांश प्रस्ताव गरेको छ ।

गुहेश्वरी मर्चेन्ट एन्ड फाइनान्सले कात्तिक १६ गते हुने वार्षिक साधारण सभाका लागि ७ दिन बुक क्लोज गर्ने भएको छ । कम्पनीले कात्तिक ९ देखि १६ गतेसम्म बुक क्लोज गर्ने भएको हो ।

गुहेश्वरी मर्चेन्ट एन्ड फाइनान्सले साधारण सभामा करसहित ४ करोड २१ लाख ५ हजार ६ सय रुपैयाँबराबरको नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीले दिने उक्त नगद लाभांश कात्तिक ८ गतेसम्म कायम रहने सेयरधनीले मात्र पाउने छन् ।