६ अङ्कको वृद्धि थेग्न नसकेको नेप्से ३ अङ्कले घट्याे

बजारमा सेयर किन्न चाहने लगानीकर्ताको चाप बढे पनि आज नेप्से ओरालो लागेको हो । हिजो खरिदकर्ताको चाप बढेसँगै बजारमा एकाएक ६ अङ्कको सुधार आएको थियो । तर आज पनि खरिदकर्ताको केही चाप लागे पनि बजारले फड्को मार्न सकेन ।

कारोबार सुरु भएदेखि बढ्न थालेको नेप्सेले वृद्धि थेग्न नसकेर अन्तिममा घटेको छ । कारोबार सुरु भएको डेढ घण्टामा ६ अङ्कले बढेको सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) अन्तिममा २ अङ्कले घटेको हो । पछिल्लो समय घट्दो अवस्थामा (नेप्से) मङ्गलबार २ दशमलव ५९ अङ्कले घटेसँगै परिसूचक १ हजार २ सय १७ दशमलव ९३ अङ्क कायम भएको छ ।

सोमबार ६ अङ्कले सुधार भएको नेप्से मङ्गलबार सामान्य अङ्कले घटेको हो । सोमबार नेप्से १ हजार २ सय २० दशमलव २३ अङ्क कायम भई कारोबार बन्द भएको थियो । कारोबार सुरु भएदेखि बढ्न थालेको सेयर बजार ६ अङ्कको सुधारपछि ओरालो लाग्यो । बढेर १ हजार २ सय २६ अङ्क पुगेको नेप्से परिसूचक त्यसपछि स्थिर अवस्थामा घट्दै ३ अङ्कले झरेको हो ।

बजारमा सेयर किन्न चाहने लगानीकर्ताको चाप बढे पनि आज नेप्से ओरालो लागेको हो । हिजो खरिदकर्ताको चाप बढेसँगै बजारमा एकाएक ६ अङ्कको सुधार आएको थियो । तर आज पनि खरिदकर्ताको केही चाप लागे पनि बजारले फड्को मार्न सकेन ।

मङ्गलबार नेप्सेमा १ सय ६० कम्पनीका ६ हजार १ सय ७४ कारोबारबाट १० लाख १८ हजार ७९ कित्ता सेयर खरिदबिक्री भई ३४ करोड ३२ लाख ९४ हजार ४ सय ३० रुपैयाँबराबरको कारोबार भएको छ, जुन सोमबारको कारोबार रकमभन्दा २ करोडले कम हो ।

नेप्सेमा सोमबार १ सय ६२ कम्पनीका ३ हजार ९ सय ४६ कारोबारबाट १४ लाख २८ हजार २ सय ९२ कित्ता सेयर खरिदबिक्री भई ३६ करोड २८ लाख ३१ हजार १ सय ८७ रुपैयाँबराबरको कारोबार भएको थियो ।

आज नेप्सेमा कारोबार भएको १० समूहमध्ये अन्य समूहबाहेक सबैमा गिरावट आएको छ । व्यापार समूहको कारोबार नभएको दिन नेप्सेमा अन्य समूह ११ दशमलव ६९ अङ्कले बढेको छ । त्यसैगरी, सबैभन्दा बढी घटेको निर्जीवन बिमा ४९ दशमलव ३५, होटल २१ दशमलव ४३, जीवन बिमा १४ दशमलव २१, जलविद्युत् १५ दशमलव ३७, उत्पादनमूलक ११ दशमलव ८३ अङ्कले घटेको छ भने अरु समूहमा सामान्य अङ्को गिरावट आएको छ ।

नेप्सेमा मङ्गलबार नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा बढी ६ दशमलव ८१ प्रतिशतले बढेको छ भने नेपाल इन्स्योरेन्सको सेयर मूल्य ४ दशमलव १८ अङ्कले घटेको छ ।