पाटा लाइफ टाइम अचिभमेन्ट अवार्ड राणालाई

संस्थाका अध्यक्ष सुनील शाक्यले पाटा एडभेन्चर ट्राभल मार्ट सन् १९८९ मा नेपालबाट सुरु भई ६ पटक नेपालमै आयोजना भइसकेको उल्लेख गर्दै नेपाल भ्रमण वर्ष २०२० मनाइरहँदा मार्ट पुनः नेपालमा आयोजना हुनसके पर्यटन उद्योगका लागि पर्यटन तथा व्यवसाय प्रवर्द्धन तथा २० लाख पर्यटक भित्र्याउन सहयोग पुग्ने बताए ।

सोल्टी क्राउन प्लाजाका अध्यक्ष प्रभाकर शमशेर राणालाई पाटा नेपाल च्याप्टरको लाइफ टाइम अचिभमेन्टबाट सम्मान गरिएको छ । पाटाले पहिलो पटक पाटा नेपाल च्याप्टर अवार्ड फर लाइफ टाइम अचिभमेन्टको सुरुअात गरेको हो ।

नेपाली पर्यटनमा योगदान पुर्याउने अग्रज पर्यटन व्यवसायी तथा पाटा नेपालका संस्थापक अध्यक्ष राणालाई प्यासिफिक एसिया ट्राभल एसाेसिएसन (पाटा) नेपाल च्याप्टरको ४२ औ वार्षिक साधारण सभाको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा सो अवार्ड वितरण गरिएको हो ।

राणाले नेपालमा गुणस्तरीय पर्यटन पवर्द्धन तथा पर्यटन सेवाको विविध क्षेत्रमा पुर्याएको योगदानको उच्च कदर तथा सम्मान गर्दै उक्त अवार्ड पदान गरिएको हो । होटल एसोसिएसन अफ नेपाल, सोल्टी क्राउन प्लाजा तथा नेपाल हेरिटेज सोसाइटीका समेत संस्थापक अध्यक्ष रहेका राणा पर्यटन, ऊर्जा, अटोमोबाइल क्षेत्रमा एक अग्रज तथा उद्यमशील व्यक्तित्वको रुपमा चिरपरिचित छन् ।

यस्तै पाटा पर्सनालिटी अफ द इयर २०१८ बाट नेपाल वायु सेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारलाई प्रदान गरिएको छ । नेपाली पर्यटन क्षेत्रको प्रवर्द्धनमा उल्लेख्य योगदान पुर्याएको भन्दै उनलाई यो अवार्ड प्रदान गरिएको छ । यस्तै बेस्ट स्टुडेन्ट च्याप्टर अफ द इयर नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटल म्यानेजमेन्ट (नाथम) ले प्राप्त गरेको छ ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नगारिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले विगतका आफ्ना तथा विश्वका अनुभव बाट सिक्दै पर्यटनको विकास गर्न आवश्यक भएको बताए । उनले नेपालको आर्थिक समृद्धिको लागि पर्यटनलाई पहिलो प्राथमिकता दिनुको विकल्प नभएको बताउँदै सरकार पर्यटनलाई उद्योगको रुपमा अघि बढाउन सधैं सकारात्मक रहेको बताए ।

संस्थाका अध्यक्ष सुनील शाक्यले नेपाल वायुसेवा निगमको सुदृढीकरण, नयाँ एयर करिडोरको सुरुअात, आवश्यक पूर्वाधारको निर्माणसँगै नेपाललाई नाइस डेस्टिनेसनको रुपमा स्थापित गर्न इन्टरनेसनल कन्भेन्सन सेन्टरको तत्काल आवश्यकता रहेको औंल्याए । उनले पाटा एडभेन्चर ट्राभल मार्ट सन् १९८९ मा नेपालबाट सुरु भई ६ पटक नेपालमै आयोजना भइसकेको उल्लेख गर्दै नेपाल भ्रमण वर्ष २०२० मनाइरहँदा मार्ट पुनः नेपालमा आयोजना हुनसके पर्यटन उद्योगका लागि पर्यटन तथा व्यवसाय प्रवर्द्धन तथा २० लाख पर्यटक भित्र्याउन सहयोग पुग्ने बताए ।

पाटाले आफ्ना सदस्य शैक्षिक संस्थाहरुमध्ये पाटा नेपाल स्टुडेन्ट च्याप्टरको उद्देश्य र भावनाअनुरुप उत्कृष्ठ कृयाकलापहरु गरेकोमा नाथमलाई बेस्ट स्टुडेन्ट च्याप्टर अफ द इयर अवार्ड प्रदान गरिएको हो ।  साधारण सभाले आगामी आर्थिक वर्षमा अन्तर्राष्ट्रिय मार्ट तथा सेल्स मिसन, तेस्रो हिमालयन ट्राभल मार्ट २०१९, मानव संशाधन विकाससम्बन्धी तालिमहरु, पर्यटनसम्बन्धी अनुसन्धान–स्रोत पहिचान, प्रडक्ट डेभलपमेन्ट, मिडिया तथा ब्लगर्सहरुको परिचयात्मक भ्रमण तथा डेस्टिनेसन इमेज बिल्डिङ अभियानलगायतका कार्यक्रमहरु गर्ने निर्णय गरेको पाटाका प्रमुख कार्यकारी अधिकृत (सीर्इओ) सुरेशसिंह बुडालले जानकारी दिए ।