आयोजना प्रभावितका लागि हिमालयन ऊर्जा विकासको आईपीओ कात्तिक ६ गतेदेखि

कम्पनीले कात्तिक ६ गतेदेखि ९ करोड ९० लाख रुपैयाँ बराबरको ९ लाख ९० हजार कित्ता आईपीओ जारी गर्ने भएको हो । आर्इपीओ निष्कासनको लागि बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्टलाई नियुक्त गरिएको छ ।

हिमालयन ऊर्जा विकास कम्पनीले रामेछाप र दोलखाका आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १० प्रतिशत प्राथमिक सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले कात्तिक ६ गतेदेखि ९ करोड ९० लाख रुपैयाँ बराबरको ९ लाख ९० हजार कित्ता आईपीओ जारी गर्ने भएको हो ।

आर्इपीओ निष्कासनको लागि बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्टलाई नियुक्त गरिएको छ । आईपीओमा छिटोमा कात्तिक २० गते र ढिलोमा मङ्सिर ५ गतेसम्म आवेदन दिन पाइने छ ।

आयोजना प्रमावित स्थानीयले हिमालय ऊर्जा विकासको आयोजनास्थल रामेछाप गोकुलगङ्गाको सिद्धार्थ बैङ्कको शाखा, प्राइम कमर्शियल र सेञ्चुरी कमर्शियल बैङ्कको जिरी शाखा र एनएमबी बैङ्कको किर्ने शाखाबाट आवेदन बुझाउन सक्ने कम्पनीले जनाएको छ ।

स्थानीयलाई सेयर निष्कासन गरिसकेपछि दोस्रो चरणमा सर्वसाधरणका लागि १५ प्रतिशत अर्थात् १४ लाख ८५ हजार कित्ता आईपीओ निष्कासन गर्ने कम्पनीले बताएको छ ।