सेयर बाँडफाँट भएको लामो समयपछि बल्ल कम्पनीको सेयर सूचीकरण भएको हो । कम्पनीले साउन १ देखि ४ गतेसम्म आईपीओ निष्कासन गरेको थियो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुधबार पञ्चकन्या माई हाइड्रोपावरको ११ लाख कित्ता सेयर सूचीकरण भएको छ । सेयर बाँडफाँट भएको लामो समयपछि बल्ल कम्पनीको सेयर सूचीकरण भएको हो । कम्पनीले साउन १ देखि ४ गतेसम्म आईपीओ निष्कासन गरेको थियो ।
सूचीकरणसँगै सेयर करोबारका लागि पनि कम्पनीले अनुमति पाएको छ । पञ्चकन्याले पहिलो कारोबारका लागि १०२ रुपैयाँ ४९ पैसादेखि ३०७ रुपैयाँ ४७ पैसासम्मको रेन्ज पाएको छ । कम्पनीको सेयर कारोबार ‘पीएमएचएल’ सङ्केतबाट हुनेछ ।