विवादमा नागरिक उड्डयन प्राधिकरणको वार्षिकोत्सव

काठमाडौं– राजधानीमा आज एक समारोहबीच १९औं नागरिक उड्डयन प्राधिकरण दिवस मनाइयो । वार्षिकोत्सव भने विवादरहित बन्न सकेन । समारोहमा केही ट्रेड युनियनले सहभागिता जनाएनन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपाने, क्यानका डेपुटी डाइरेक्टर राजन पोखरेल तथा वायुसेवा सञ्चालक सङ्घका अध्यक्ष पवित्रकुमार कार्कीले अाफ्नाे मन्तव्य राखेका थिए ।