नेप्से स्थिर रहँदा कारोबार १२ करोड घट्यो

नेप्सेमा मङ्गलबार १ सय ६० कम्पनीका ६ हजार १ सय ७४ कारोबारबाट १० लाख १८ हजार ७९ कित्ता सेयर खरिदबिक्री भई ३४ करोड ३२ लाख ९४ हजार ४ सय ३० रुपैयाँबराबरको कारोबार भएको थियो ।

पछिल्लो समय उतराचढाव भइरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) बुधबार स्थिर रहँदा कारोबार १२ करोडले घटेको छ । घट्दो अवस्थाबाट सुरु भएको कारोबार तीव्र उतराचढावपछि अन्तिम समयमा सुधारात्मक स्थिर रहेर रोकिएको छ । आज नेप्से शून्य दशमलव ४० अङ्क घटेर १ हजार २ सय १८ दशमलव ३३ अङ्क कायम भएको छ ।

बजार स्थिर रहेको दिन आज १ सय ६२ कम्पनीका ४ हजार ५ सय ३२ कारोबारबाट ८ लाख ५६ हजार १ सय ८७ कित्ता कारोबारबाट २२ करोड ६५ लाख रुपैयाँबराबरको कारोबार भएको छ, जुन मङ्गलबारको कारोबार रकमभन्दा १२ करोडले कम हो ।

नेप्सेमा मङ्गलबार १ सय ६० कम्पनीका ६ हजार १ सय७४ कारोबारबाट १० लाख १८ हजार ७९ कित्ता सेयर खरिदबिक्री भई ३४ करोड ३२ लाख ९४ हजार ४ सय ३० रुपैयाँबराबरको कारोबार भएको थियो ।

नेप्सेमा आज बैङ्किङ २ दशमलव ३८ र उत्पादनमूलक ६ दशमलव १५ अङ्कले सुधार हुनुबाहेक सबै समूहमा गिरावट आएको छ भने व्यापार समूहको कारोबार आज भएको छैन । आज सबैभन्दा बढी होटल समूह ६ दशमलव ७३, लघुवित्त ५ दशमलव ९३, निर्जीवन बिमा ५ दशमलव ०९, जलविद्युत ५ दशलव ६१ अङ्कले घटेको छ । यस्तै अरु समूहमा पनि आज सामान्य अङ्कको गिरावट आएको छ ।

नेप्से स्थिर रहँदा आज मेगा बैङ्कको सेयरमूल्य ३ दशलव ११ प्रतिशतले बढेको छ भने सिटी एक्सप्रेस फाइनान्सको सेयरमूल्य ५ दशलव ४५ प्रतिशतले घटेको छ ।