बम्बे स्टाक एक्सचेन्ज (बीएसई) मा सूचीकृत ३१ कम्पनीको सेयर सूचकाङ्क सेन्सेक्स तथा नेसनल स्टाक एक्सचेन्ज (एनएसई) का ५० सेयरको सूचकाङ्क निफ्टी, दुवै २ प्रतिशतभन्दा बढी गिरावटसहित खुले । यसको असर लगानीकर्ताको सम्पत्तिमा पर्यो र केवल ५ मिनेटमा ४ लाख करोड़ भारतीय रुपैयाँ बजारबाट बाहिरियो ।
भारतीय सेयर लगानीकर्ताले आज बिहीबार एका बिहानै ४ लाख करोड़ भारतीय रुपैयाँ गुमाएका छन् । बम्बे स्टाक एक्सचेन्ज (बीएसई) मा सूचीकृत ३१ कम्पनीको सेयर सूचकाङ्क सेन्सेक्स तथा नेसनल स्टाक एक्सचेन्ज (एनएसई) का ५० सेयरको सूचकाङ्क निफ्टी, दुवै २ प्रतिशतभन्दा बढी गिरावटसहित खुले । यसको असर लगानीकर्ताको सम्पत्तिमा पर्यो र केवल ५ मिनेटमा ४ लाख करोड़ भारतीय रुपैयाँ बजारबाट बाहिरियो ।
खासगरी ६९७.०७ अङ्कको गिरावटसँगै खुलेको तुरुन्तै सेन्सेक्स १००० अङ्क घट्यो । उता निफ्टी पनि २९.३ अङ्कको गिरावटसँगै १०१६९.८० मा कारोबार सुरु भयो । आँकडाबाट थाहा हुन्छ कि प्रारम्भिक कारोबारमा बीएसईमा लिस्टेड कम्पनीहरुको कुल मार्केट क्यापिटलाइजेसन वा मार्केट क्याप (बजार पुँजीकरण) १३४.३८ लाख करोड़ भारतीय रुपैयाँ घट्यो । बुधवार यी कम्पनीहरुको कुल मार्केट क्याप १ करोड़ ३८ लाख ३९ हजार ७५० करोड़ भारती रुपैयाँबराबर थियो ।
वास्तवमा, एसियाली मुलुकहरुको सेयर बजारमा भएको गिरावटले भारतीय बजारलाई पनि प्रभावित गर्यो । अमेरिकी सेयरमा रातारात गिरावटका कारण बिहीबार एसियाली सेयर ५ प्रतिशतसम्म घटे ।
एसियाली बजारमा ताइवानको प्रमुख सूचकाङ्क ५.२१ प्रतिशत कमजोर भयो । उता, जापानको निक्केई पनि ३.७ प्रतिशत, कोरियाको कोस्पी २.९ प्रतिशत तथा शाङ्घाई कम्पोजिट २.४ प्रतिशत झरे । एजेन्सी