साताका दुई दिन घटेको नेप्से अन्तिम दिन बढेर बन्द भएको छ । आइतबार १३ अङ्कले तथा मङ्गलबार २ अङ्कले घटेको बजार त्यसबाहेकका दिनमा सामान्य अङ्कले बढेको छ ।
बैङ्किङ र बिमा समूहले बजार उचाल्दा सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको अन्तिम दिन ९ दशमलव ९५ अङ्कले बढेको छ । साताका दुई दिन घटेको नेप्से अन्तिम दिन बढेर बन्द भएको छ । आइतबार १३ अङ्कले तथा मङ्गलबार २ अङ्कले घटेको बजार त्यसबाहेकका दिनमा सामान्य अङ्कले बढेको छ ।
मेगा बैङ्कको १ करोड ६४ लाख ४४ हजार रुपैयाँबराबरको र एनआईसी एसिया बैङ्कको १ करोड ५१ लाख २६ हजार रुपैयाँबराबरको कारोबार भएको दिन आज दुई समूहमा गिरावट आएको छ । यस्तै साताको अन्तिम दिन नेप्सेमा २५ करोड रुपैयाँ बराबरको मात्र कारोबार भएको छ ।
१ हजार २ सय १८ दशमलव ३१ अङ्कबाट सुरु भएको बजार ९ अङ्कले बढ्दै १ हजार २ सय २७ दशमलव ३६ अङ्क कायम भएको दिन आज कारोबार सुरु भई ४ अङ्क घटेको अवस्थाबाट माथि उठेको हो । ४ अङ्कको गिरावटपछि उकालो लागेको बजारले ९ अङ्कको वृद्धि थाम्यो ।
नेप्सेमा बिहीबार १ सय ६५ कम्पनीका ४ हजार ५ सय ८४ कारोबारबाट ८ लाख ६ ६२ हजार कित्ता सेयर किनबेच भई २५ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ, जुन बुधबारको कारोबार रकमभन्दा ३ करोडले बढी हो ।
बजार स्थिर रहेको दिन बुधबार नेप्सेमा १ सय ६२ कम्पनीका ४ हजार ५ सय ३२ कारोबारबाट ८ लाख ५६ हजार १ सय ८७ कित्ता कारोबारबाट २२ करोड ६५ लाख रुपैयाँबराबरको कारोबार भएको थियो ।
कारोबार भएका १० समूहमध्ये होटल ३१ दशलमव ३२ र उत्पादनमूलक १२ दशमलव ४३ अङ्कले घट्नु बाहेक अरु समूहमा गिरावट आएन भने व्यापार समूहको कारोबार भएन । आज सबैभन्दा बढी निर्जीवन बिमा ४८ दशमलव ५, विकास बैङ्क १२ दशमलव २९, बैङ्किङ १२ दशमलव १४, जीवन बिमा १० दशमलव १२ अङ्कले बढ्यो । त्यो बाहेकका समूहमा सामान्य अङ्कले सुधार आएको छ ।
बिहीबार सबैभन्दा बढी युनाइटेड फाइनान्सको सेयर मूल्य ७ दशमलव ९५ प्रतिशतले बढेको छ भने पञ्चकन्या माई हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा बढी ६ प्रतिशतले घटेको छ ।