नेप्से परिसूचक घटेजस्तै आइतबार कारोबार रकम पनि बिहीबारको तुलनामा ५० प्रतिशतभन्दा बढीले घटेको छ । आइतबार ५ हजार ४ सय ८४ कारोबारबाट १८ लाख २५ हजार १ सय ८२ कित्ता सेयर खरिदबिक्री भई ५८ करोड ७८ लाख २६ हजार ८ सय १० रुपैयाँबराबरको सेयर किनबेच भएको छ ।
मङ्सिर अन्तिमबाट घटेको सेयर बजार अझ तीव्र गतिमा घट्ने ट्रेन्ड समातेको छ । पछिल्लो ४ दिनमा मात्रै करिब ८० अङ्कले सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) घटेको छ ।
पुस लागेपछि भने नेप्सेले घट्ने ट्रेन्ड नै समातेको छ । कुनैकुनै दिन बढ्ने संकेत देखाए पनि अन्तिम समयमा आएर बजार घट्ने गरेको छ । आज पनि नेप्से २४.२० अङ्क (१.७१ प्रतिशत)ले घटेको छ । गत साताको मङ्गलबार र बुधबार पनि २० अङ्कभन्दा बढीले घटेको नेप्से बिहीबार भने केही सम्हालिँदै करिब ११ अङ्कले मात्र घटेको थियो ।
आइतबार पनि सुरुदेखि नै बजार घट्न सुरु गरेको हो । तर, कारोबारको मध्य (१ बजे)तिर ३२.३५ अङ्कले झरेर १३८२.४३ अङ्कसम्म पुगेको थियो । त्यसपछि भने बजार बिस्तारै माथि लाग्ने आशा जगाए पनि कारोबारको अन्तिममा १३९०.५८ बिन्दुमा गएर रोकिएको छ । कारोबारको मध्य समयपछि (१ बजेको तुलनामा) करिव ८ अङ्कको बजारमा सुधार देखिन्छ । यसले मात्रै बजार सुधारका लागि पर्याप्त भएन । गत बिहीबार पनि सुरुमा घटे्को बजार मध्यतिर २ अङ्कले माथि चढ ेपनि अन्तिम समयमा फेरि घटेको थियो ।
आइतबार शतप्रतिशत बोनस सेयर दिएको स्ट्यान्डर्ड चार्टर्ड बैङ्कसहित निर्धन उत्थान बैङ्क (लघुवित्त संस्था), डिप्रोक्स लघुवित्त विकास बैङ्क, पूर्णिमा विकास बैङ्क, गरिमा विकास बैङ्क, मिसन डेभलपमेन्ट बैङ्क, पोखरा फाइनान्स, युनाइटेड फाइनान्स, मिथिला लघुवित्त, समिट माइक्रोफाइनान्स गरी ९ ओटा संस्थाको बोनस सेयर, हकप्रद सेयर र नगद लाभांशपछिको मूल्य समायोजन भएको छ । एकै दिन यी कम्पनीको मूल्य समायोजन हुँदा त्यसको असर पनि नेप्सेमा परेको छ ।
नेप्से परिसूचक घटेजस्तै आइतबार कारोबार रकम पनि बिहीबारको तुलनामा ५० प्रतिशतभन्दा बढीले घटेको छ । आइतबार ५ हजार ४ सय ८४ कारोबारबाट १८ लाख २५ हजार १ सय ८२ कित्ता सेयर खरिदबिक्री भई ५८ करोड ७८ लाख २६ हजार ८ सय १० रुपैयाँबराबरको सेयर किनबेच भएको छ । आइतबारको कारोबार रकममा नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी)बैङ्कको संस्थापक सेयर र प्रभु बैङ्कको संस्थापक सेयर बढी कारोबार भएको छ । एनसीसीको संस्थापक सेयर ९ करोड ६९ लाख ६१ हजार ६ सय र प्रभुको संस्थाक ३ करोड ७८ लाख ८५ हजार ६ सय ३० रुपैयाँबराबरको सेयर किनबेच भएको छ ।
त्यसपछि बढी कारोबार हुने कम्पनीमा स्ट्यान्डर्ड चार्टर्ड बैङ्कको २ करोड ८४ हजार ९५ रुपैयाँ रहेको छ । गत बिहीबार स्ट्यान्डर्ड चार्टर्डको मात्रै २२ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको थियो । त्यो दिन ७ हजार ९ सय ४५ कारोबारबाट १८ लाख ६१ हजार ६५ कत्तिा सेयर किनबेच भई ८१ करोड ६९ लाख ९८ हजार ६ सय २४ रुपैयाँबराबरको सेयर किनबेच भएको थियो । आइतबार नेप्सेमा रहेका ९ उपसूचकमध्ये होटलबाहेक सबै समूहगत परिसूचक घटेको छ ।