घर जाने उत्साह (फोटो फिचरसहित)

यसैअन्तर्गत हामीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनका केही तस्बिर कैद गरेका छौं, जहाँ घर जानेहरुको भीड छ । र सँगै छ उत्साह, उमङ्ग पनि ।

दसैं लागिसक्यो । सबैलाई घर जाने चटारो बढ्यो । काम एवम् अध्ययनको सिलसिलामा काठमाडौंमा रहेका सर्वसाधारण बिस्तारै गृहजिल्लातर्फ जाने क्रम तीव्र भएको छ । सहरमा भएकाहरु करिब फूलपातीसम्म घरतर्फ लागिसक्छन् । कोही गाडी त कोही जहाजमार्फत घर जाने गरेका छन् । पर्यटक पनि यही मौकामा विभिन्न पर्यटकीय गन्तव्यमा जाने क्रम उत्तिकै छ ।

यसैअन्तर्गत हामीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनका केही तस्बिर कैद गरेका छौं, जहाँ घर जानेहरुको भीड छ । र सँगै छ उत्साह, उमङ्ग पनि ।