जहाँ बिदा सदुपयोग हुन्छ

तपाईं पनि घुमेर दसैंतिहार जस्ता चाडपर्वमा हुने बिदा सदुपयोग गर्ने सोचमा हुनुहुन्छ ? त्यसो हो भने नेपालमै पनि उपयुक्त स्थान छन् । बढीमा १०/१२ दिनमै घुमिसकिने गन्तव्य तपाईंको छनोटमा हुन सक्छन् ।

धेरैजसो मानिसको घुम्ने सोख हुन्छ । त्यसमा पनि चाडपर्वमा हुने बिदामा घुम्नेहरु बढी नै हुन्छन् । तपाईं पनि घुमेर दसैंतिहार जस्ता चाडपर्वमा हुने बिदा सदुपयोग गर्ने सोचमा हुनुहुन्छ ? त्यसो हो भने नेपालमै पनि उपयुक्त स्थान छन् । बढीमा १०/१२ दिनमै घुमिसकिने गन्तव्य तपाईंको छनोटमा हुन सक्छन् । आउनुहोस्, दसैंतिहारको बिदामा घुम्न सकिने केही त्यस्ता उपयुक्त आन्तरिक गन्तव्यबारे सङ्क्षेपमा जानकारी राखौं—

एभरेस्ट बेस क्याम्प

विश्वचर्चित स्थान हो— एभरेस्ट बेस क्याम्प । संसारकै अग्लो हिमाल सगरमाथाको काखमा अवस्थित एभरेस्ट बेस क्याम्प ट्रेकिङका लागि आकर्षक गन्तव्य पनि हो । यहाँ देशी तथा विदेशी पर्यटकको ओइरो लाग्छ । यात्राका क्रममा ढकमक्क फुलेका लालीगुरा“स, ढुङ्गाको छाना भएका शेर्पा बस्ती, नाम्चे बजारलगायत उत्कृष्ट दृश्यावलोकनले जोकसैलाई स्वर्गीय अनुभूति प्रदान गर्छन् ।

समुद्री सतहदेखि ५ हजार ३ सय ६४ मिटरको उचाइमा रहेको एभरेस्ट बेस क्याम्पमा पदयात्राका लागि न्यूनतम १० देखि १५ दिनको समय छुट्याउनुपर्छ । काठमाडौंबाट लुक्लासम्मको आधा घण्टा हवाई यात्रापछि पदयात्रा सुरु हुन्छ ।

पुनहिल–घान्द्रुक

नेपाली ग्रामीण पर्यटनको कोटीमा छुट्याउन नहुने नाम हो पुनहिल–घान्द्रुक । पोखरा भएर पुगिने यी गाउ“को यात्रा गर्न बर्सेनि हजारौं पर्यटक आउ“छन् । यो विश्वकै ख्यातिप्राप्त पदमार्गअन्तर्गत पर्छ । मनोरम हिमाली दृश्य, गुरुङ र मगर संस्कृति, विभिन्न चराचुरुङ्गीको चिरबिर, जीवजन्तुलगायत पदयात्राको मज्जा लिन पाइने भएकाले यसको ख्याति चुलिएको हो । यस क्षेत्रको पदयात्रामा जान सातआठ दिन लाग्छ । काठमाडौंदेखि पोखरासम्मको हवाई र बसको यात्रापछि पोखराबाट नया“पुलसम्मको बसयात्रा गर्न सकिन्छ । त्यसपछि सुरु हुन्छ— पदयात्रा ।

अन्नपूर्ण बेस क्याम्प

पदयात्रामा रुचि हुनेहरुको छनोटमा पर्ने मनोरम र आकर्षक स्थान हो— अन्नपूर्ण बेस क्याम्प । हिमालै हिमालले घेरिएको अन्नपूर्ण बेस क्याम्प स्वदेशी तथा विदेशी पर्यटकका लागि आकषर्णको केन्द्र पनि हो । एबीसीका नामले परिचित यो स्थानमा ट्रेकिङ जान सातदेखि ११ दिनसम्म लाग्छ । ४ हजार १ सय ९० मिटर उचाइमा अवस्थित अन्नपूर्ण बेस क्याम्प कम खर्चिलो र सजिलो पदमार्गका रुपमा परिचित छ । साहसिक पदयात्रा मन पराउनेहरुले यो रुटको यात्रा गर्न सक्छन् । ढकमक्क फुलेका लालीगुराँसको बास्ना लिँदै अन्नपूर्ण बेस क्याम्प पुग्ने जोकोही आह्लादित हुने गर्छन् । यहाँ बर्सेनि २५÷३० हजार विदेशी पर्यटक जाने गर्छन् । यो सङ्ख्या प्रत्येक वर्ष बढ्दो छ । अन्नपूर्ण आधार शिविरबाट देखिने सूर्योदयको दृश्य यहाँको प्रमुख आकर्षण हो । यही दृश्य हेर्ने आकाङ्क्षा बोकेर पनि पर्यटक उकालो चढ्ने गर्छन् ।

लाङटाङ

प्रदेश ३ को उत्तरी क्षेत्र चीनको तिब्बतसँग जोडिएको लाङटाङ साहसिक पदयात्राका लागि प्रख्यात छ । रसुवामा अवस्थित लाङटाङ क्षेत्रमा राष्ट्रिय निकुञ्ज, लाङटाङ लिरुङ हिमाल, गोसाइकुण्ड जस्ता पर्यटकीय स्थल छन्  । २०७२ सालको भूकम्पअघि लाङटाङमा स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल बढी हुन्थ्यो । भूकम्पले थिलथिलो पारेको लाङटाङ अहिले तङ्ग्रिँदै छ । लाङटाङ, गोसाइकुण्ड र तामाङ सम्पदा रहेको यो पदमार्गमा होटल तथा लजको सुविधा राम्रो छ । २ हजार ९ सय ५० मिटर उचाइमा अवस्थित लाङटाङको केन्जिङ उपत्यका पुग्नुअघि बाटामा चरिरहेका चौंरीगाई, घोडा, खच्चर आदि देख्न सकिन्छ । शेर्पा र तामाङ समुदायको बस्ती, स्थानीय रहनसहन, सेताम्मे हिमाल एवम् खोलानाला छिचोल्दै हिँड्दा सबै दुःख बिर्सन पुगिन्छ । लाङटाङमा चौंरीको दूध तथा सुकुटी पनि खान पाइन्छ । काठमाडौंबाट स्याफ्रुबेसीसम्मको बस यात्रापछि पदयात्रा गर्न सकिन्छ ।

गोसाइकुण्ड

समुद्री सतहबाट ४ हजार ३ सय १० मिटर उचाइमा अवस्थित छ— गोसाइकुण्ड  । दसैं र रक्षाबन्धनमा ठूलो मेला लाग्ने यहाँको पदयात्रामा लेक लाग्न सक्छ । त्यसैले आवश्यक औषधोपचारको व्यवस्था गर्न बिर्सनुहुँदैन । बेलाबेला बिरेनुन, मरिच, ज्वानो, पाचक तथा लसुन खाँदा शारीरिक अवस्था सन्तुलनमा राख्न सकिन्छ  । गोसाइँकुण्डमा १ सयभन्दा बढी प्रजातिका वनस्पति पाइन्छन् । चखेवा, कालीजुरे, खोया हा“स जस्ता चराचुरुङ्गी पनि देख्न सकिन्छ । यो ठाउ“ याकको चीजका लागि पनि निकै चर्चित छ । काठमाडौंबाट धुन्चेसम्मको बसयात्रा पछि गोसाइकुण्ड पदयात्रा जान सकिन्छ । पदयात्राका लागि ६÷७ दिनको समय छुट्ट्याए पुग्छ ।

मुगुको रारा

कर्णाली प्रदेशको मुगुमा अवस्थित रारा नेपालको सबैभन्दा ठूलो ताल हो । समुद्री सतहभन्दा २ हजार ९ सय ७२ मिटर उचाइमा अवस्थित रारा पुग्न मुगुको सदरमुकाम गमगढीबाट पश्चिमतर्फ झन्डै ३ घण्टा पैदल हिँड्नुपर्छ । रारा राष्ट्रिय निकुञ्जमा कस्तूरी, रतुवा, डा“फेलगायत विभिन्न चराचुरुङ्गी छन् । जेठदेखि असोजसम्म विभिन्न फूलले राराको दृश्यलाई नै मनमोहक बनाउँछन्  । छिनछिनमा रुप फेरिरहने रारामा विश्वमा कतै नपाइने असला माछा पनि पाइन्छ  । यस्तै रारामा सिस्ने र कान्जिरोवा हिमालको छाया स्पष्ट देखिन्छ । यहा“ हाइकिङ, साइक्लिङ, घोडसवारीका साथै तालमा डुङ्गा सयर गरेर पनि रमाइलो गर्न सकिन्छ । नेपालगन्जबाट हवाईजहाजमा मुगुको ताल्चा विमानस्थल पुगेर रारातर्फ लाग्नु सबैभन्दा सजिलो बाटो हो । त्यस्तै बाजुराबाट हिँडेर पनि रारा पुग्न सकिन्छ । गाडीबाट जाने हो भने सुर्खेत, दैलेख, कालिकोट हँुदै रारा पुगिन्छ । राराको यात्राको लागि एक साता समय छुट्ट्याए पुग्छ ।

पाथीभरा माई

प्रदेश १ अन्तर्गत पूर्वी नेपालको ताप्लेजुङमा पर्ने पाथीभरा माई प्रसिद्ध तीर्थस्थल हो । हिन्दू एवम् बौद्धमार्गीहरुको महङ्खवपूर्ण धार्मिक स्थलका रुपमा परिचित ताप्लेजुङ १२ हजार फिट उचाइमा छ । ताप्लेजुङको सदरमुकामबाट १९ दशमलव ४ किलोमिटर पूर्वउत्तरतर्फ अवस्थित छ— पाथीभरा माईको मन्दिर । पाथीभरा देवीको दर्शन गर्न वर्षभरि यहाँ मानिसको भीड लाग्छ । जिल्ला सदरमुकाम फुङलिङबाट एक दिन पैदल हिँडेर पाथीभरा पुग्न सकिन्छ । यहाँबाट देखिने कञ्चनजङघा, सूर्योदय एवम् सूर्यास्तको दृश्य मनमोहक हुन्छ । साथै लोत्से, नोप्से, मकालु, कुम्भकर्णलगायत हिमालको दृश्यावलोकन पनि गर्न सकिन्छ । धरानबाट धनकुटा, हिले हुँदै कोसी राजमार्गबाट एक सय किलोमिटर यात्रा गरी वसन्तपुरबाट गुफापोखरी, गोर्गा दोभान हुँदै पदयात्रामार्फत पनि पाथीभरा पुग्न सकिन्छ । इटहरी, झापा वा इलाम हुँदै सार्वजनिक एवम् निजी गाडीमा समेत पाथीभरा पुग्न सकिन्छ ।