एनएमबी सुलभ इन्भेस्टमेन्टले २१ प्रतिशत नगद लाभांश दिने

कम्पनीले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट करसहित २१ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड–१ ले आफ्ना एकाइधनीका लागि २१ दशमलव ०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट करसहित २१ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

सुलभ इन्भेस्टमेन्ट फन्डले अघिल्ला दुई वर्षमा पनि २१ दशमलव ०५२ प्रतिशत नै लाभांश वितरण गरेको थियो । योसँगै गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गर्ने सामूहिक लगानी कोषको सङ्ख्या तीन पुगेको छ । यसभन्दा अघि नै सिद्धार्थ ओरियन्टेड स्किम र एनआईबीएल समृद्धि फन्डले १२ प्रतिशत लाभांश वितरण गरिसकेका छन् ।

हाल १३ ओटा सामूहिक लगानी कोषका एकाइ सञ्चालनमा छन् । अब १० ओटाले लाभांश वितरण गर्न बाँकी छ ।