म्याग्दीका प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढाले आइतबार बिहान नौ जनाकै शव सङ्कलन गरी आधार शिविरमा राखिएको जानकारी दिए ।
गुर्जा हिमाल आरोहणका क्रममा हिमआँधीमा परेर ज्यान गुमाएका नौ जनाकै शव फेला परेको छ । म्याग्दीका प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढाले आइतबार बिहान नौ जनाकै शव सङ्कलन गरी आधार शिविरमा राखिएको जानकारी दिए ।
हिमआँधीमा ज्यान गुमाउनेहरुमा सङ्खुवासभा भोटखोला गाउँपालिकाका छिरिङ भोटे, देना आङजुक भोटे, फुर्बु भोटे र म्याग्दीको धौलागिरि गाउँपालिकाका नेत्रबहादुर छन्त्यालको पनि मृत्यु भएको छ । हिमआँधीमा परी ज्यान गुमाउने कोरियन आरोहीहरू लिडर किम चाङ हो, लि जाइहुङ, रिम इल जीन, यु युङजिक, जेओङ जो मो रहेका छन् ।
प्रनाउ बुढाले शवको पहिचान गरी हेलीकप्टरबाट म्याग्दीका एक जनाको बेनी र अन्य आठ शव काठमाडौं पठाउने तयारी भएको बताए । म्याग्दीको धौलागिरि गाउँपालिका–१ मा पर्ने गुर्जा हिमालको आधार शिविरमा हिमआँधीमा परेर ती आरोहीहरुको मृत्यु भएको थियो । आवश्यक औजार र सामग्रीसहित हेलीकप्टरबाट आधार शिविरमा पुगेका सुरक्षाकर्र्मी र उद्धारकर्मीको टोलीले उनीहरुको शव फेला पारेको हो ।
ट्रेकिङ क्याम्पस नेपालमार्फत् गुर्जा हिमाल आरोहण र पदयात्राका लागि गएका उनीहरु असोज २४ गते राति हिमआँधीमा परेका थिए ।