राजसंस्थाको अन्त्य भएसँगै श्रीपेच नारायणहिटी दरबार सङ्ग्रहालयमा सेनाको सुरक्षामा राखिएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पटक पटक श्रीपेच सार्वजनिक गर्न पहल गरे पनि हालसम्म सम्भव भएको थिएन ।
राजसंस्थाको प्रतीकको रुपमा रहेको श्रीपेच भोलि(सोमबार)बाट सर्वसाधारणका लागि खुला हुने भएको छ । नारायणहिटी दरबार सङ्ग्रहालयमा राखिएको श्रीपेच पहिलो पटक सर्वसाधरणका लागि खुला हुने भएको हो ।
राजसंस्थाको अन्त्य भएसँगै श्रीपेच नारायणहिटी दरबार सङ्ग्रहालयमा सेनाको सुरक्षामा राखिएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पटक पटक श्रीपेच सार्वजनिक गर्न पहल गरे पनि हालसम्म सम्भव भएको थिएन ।
पर्यटन मन्त्री रवीन्द्र अधिकारीले केही महिनाअघि नारायणहिटी सङ्ग्रहालयको निरीक्षण गरी तत्काल सर्वसाधरणका लागि खुला गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका थिए । वर्षाअघि नै सार्वजनिक गर्ने मन्त्री अधिकारीले तयारी गरे पनि सम्भव भएको थिएन ।
यसैबीच संस्कृति मन्त्रालयले भोलि नारायणहिटी दरबार सङ्ग्रहालयमा एक कार्यक्रम आयोजना गरी प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसाधारणका लागि खुला गर्ने तयारी गरेको छ । लामो कसरतपछि नेपालको ऐतिहासिक महत्त्व बोकेको श्रीपेच सर्वसाधरणका लागि खुला गर्न लागिएको संस्कृति मन्त्री अधिकारीको भनाइ छ । उनले श्रीपेच सार्वजनिक भएपछि आन्तरिक एवम् वाह्य पर्यटकहरुको सङ्ख्यामा वृद्धि हुने विश्वास लिएका छन् ।
राजदरबारलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०६५ फागुन १५ गते नारायणहिटी दरबार सङ्ग्रहालयको रूपमा उदघाटन गरेका थिए । तर, श्रीपेच राख्ने प्रदर्शनी कक्ष र सोकेस नभएको बताउँदै प्रदर्शनीमा राखेको थिएन । श्रीपेच राख्न अत्याधुनिक प्रविधिको बुलेट प्रुफ सोकेस खरिद तथा जडानसमेत ०६९ भदौसम्म भइसकेको थियो । श्रीपेचमा ७ सय ५० ओटा हीराका टुक्रा छन् भने टायरामा २ हजार ७ सय टुक्रा ।
श्रीपेचको पछिल्तिर झुन्डिने आकर्षक कल्कीचाहिँ बर्ड अफ प्याराडाइज नामक चराको पुच्छर हो । पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले श्रीपेच सार्वजनिकका लागि आवश्यक तयारी पूरा भएको बताए ।