नयाँ नाेट किन्ने हो ? रत्नपार्क जानुहोस्

रत्नपार्क, भृकुटीमण्डप, एनएसीलगायत स्थानका फुटपाथमा अहिले पैसा किन्ने र बेच्नेहरुको भीड छ । दसैंमा नयाँ नोट खोज्नेहरुलाई लक्ष्य गरी फुटपाथमै पुराना नोट लिएर नयाँ नोट बेच्न राखिएको हो ।

बजारमा लत्ताकपडा, इलेक्ट्रोनिक्स एवम् खाद्यवस्तु त तपाईंहामीले किन्छौं नै । त्यसमा पनि दसैंको बेलामा यस्ता व्यवसाय बढी फस्टाउँछन् पनि । तर दसैंमा कपडा, खाद्यान्न मात्र होइन, पैसा पनि किन्न पाइन्छ । त्यो पनि फुटपाथमा ।

अचम्म लाग्ला, त्यस्तो कसरी ? तर सम्भव छ । रत्नपार्क, भृकुटीमण्डप, एनएसीलगायत स्थानका फुटपाथमा अहिले पैसा किन्ने र बेच्नेहरुको भीड छ । दसैंमा नयाँ नोट खोज्नेहरुलाई लक्ष्य गरी फुटपाथमै पुराना नोट लिएर नयाँ नोट बेच्न राखिएको हो । यसअनुसार कारोबारीले १ हजार रुपैयाँबराबरको नयाँ नोट साट्दा १ सय रुपैयाँ थप रकम लिन्छन् ।

हामीले यहाँ तिनै फुटपाथमा पैसा बेच्न बसेकाहरुलाई क्यामेरामा कैद गरेका छौं । तीमध्ये केही दृश्य यस्ता थिए ।