नेपालको पर्यटनक्षेत्रको सबैभन्दा महत्त्वपूर्ण रहेको मनास्लु र अन्नपूर्ण क्षेत्रमा वार्षिक हजारौं पर्यटकहरु ट्रेकिङका लागि जाने गरेका छन् । पर्यटकहरूको आगमनमा वृद्धि भएसँगै पर्मिट शुल्कमा वृद्धि गरिएको हो ।
सरकारले मनास्लु र अन्नपूर्ण क्षेत्रमा पदयात्रामा जाँदा लाग्ने पर्मिट शुल्कमा वृद्धि गरेको छ । राजपत्रमा सूचना प्रकाशन गरी प्रतिव्यक्ति २ हजारबाट ३ हजार रुपैयाँ पुर्याएको छ ।
नेपालको पर्यटनक्षेत्रको सबैभन्दा महत्त्वपूर्ण रहेको मनास्लु र अन्नपूर्ण क्षेत्रमा वार्षिक हजारौं पर्यटकहरु ट्रेकिङका लागि जाने गरेका छन् । पर्यटकहरूको आगमनमा वृद्धि भएसँगै पर्मिट शुल्कमा वृद्धि गरिएको हो ।
नेपालले भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने घोषणा गर्ने अनि अर्कोतिर पर्यटकको पर्मिट शुल्क वृद्धि गरेर पर्यटनक्षेत्रमा नकारात्मक सन्देश फैलाउन खोजेको ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)का महासचिव आङपेम्बा शेर्पाको भनाइ छ । पर्यटन क्षेत्रलाई सरकारले आवश्यक सुविधा बढाउनुकाे सट्टा पर्मिट बढाएको उनको आरोप छ । भ्रमण वर्षमा नेपाल आउने पर्यटकलाई थप छुट दिनुपर्नेमा उल्टै पर्मिट बढाएर पर्यटन क्षेत्रलाई नै प्रहार गरेको बताउँदै टानले शुल्क वृद्धि फिर्ताका लागि दबाब दिने बताए ।
यस्तै सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकाले स्थानीय रुपमा होटलको समिति बनाई गोरक्सेप र लोबुचेमा एक कोठाको प्रति दिन ७ सय र त्यसदेखि तल ५ सय रुपैयाँ लिने गरेको प्रति पनि टानले आपत्ति जनाएको छ ।
मनास्लु क्षेत्रमा होटलको समितिले गाइड तथा सहयोगीबापत प्रति व्यक्ति प्रति दिन ४ सय रुपैयाँ आफुखुसी लिँदा व्यवसायीहरु मारमा परेको जनाएको छ । सरकारले पदयात्रा सूचना प्रणालीअन्तर्गत लागू गरिएको टिम्स कार्ड कार्यन्वयनमा देखिएका समस्या समधानतर्फ सरकार गम्भीर नभएको महासचिव शेर्पाको भनाइ छ ।