लुक्ला विमानस्थलमा माउन्टेनको हेलिकप्टरमा क्षति

सोमबार ११ः३० बजे माउन्टेनको हेलिकप्टरमा क्षति पुगेको हो । विमानस्थलको तल्लो हेलिप्याडमा रहेको हेलिकप्टरलाई उडेर आएको एअर डाइनेस्टीको हेलिकप्टर ल्यान्ड गर्ने क्रममा त्यसको हावाको चापले माउन्टेनको टेल रोटरलाई लच्चाएको माउन्टेन हेलिकप्टरका महाप्रबन्धक दिल ओलीले क्यापिटल नेपाललाई बताए ।

सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा माउन्टेन हेलिकप्टरमा क्षति भएको छ ।

सोमबार ११ः३० बजे माउन्टेनको हेलिकप्टरमा क्षति पुगेको हो । विमानस्थलको तल्लो हेलिप्याडमा रहेको हेलिकप्टरलाई उडेर आएको एअर डाइनेस्टीको हेलिकप्टर ल्यान्ड गर्ने क्रममा त्यसको हावाको चापले माउन्टेनको टेल रोटरलाई लच्चाएको माउन्टेन हेलिकप्टरका महाप्रबन्धक दिल ओलीले क्यापिटल नेपाललाई बताए । लच्चिएकाे टेल रोटर घुमेपछि त्यसले हेलिकप्टरमा क्षति पुगेकाे हाे ।

हेलिकप्टरका यात्रु र पाइलट सबै सकुशल छन् । हेलिकप्टर दुर्घटनापछि अहिले लुक्ला विमानस्थल बन्द छ ।