लोनली प्लानेटकाे ‘बेस्ट इन ट्राभल २०१९’मा काठमाडाैं

लोनली प्लानेटले ‘बेस्ट इन ट्राभल २०१९’मा विश्वका दस घुम्नुपर्ने स्थानको एक नम्बरमा डेनमार्कको कोपनहेगनलाई राखेको छ । यसैगरी चीनको शेनजेन, सर्बियाको नोभी स्याड तथा अमेरिकी सहर मियामी क्रमशः दास्रो, तेस्रो र चौथो स्थानमा छन् ।

पर्यटन क्षेत्रसम्बन्धी भरपर्दो र विश्वासिलो जानकारी दिने लोनली प्लानेटले ‘बेस्ट इन ट्राभल २०१९’मा विश्वका दस घुम्नुपर्ने स्थानमध्ये काठमाडौंलाई पाँचौ घुम्नलायक सहरका रुपमा चित्रण गरेको छ ।

लोनली प्लानेटले ‘बेस्ट इन ट्राभल २०१९’मा विश्वका दस घुम्नुपर्ने स्थानको एक नम्बरमा डेनमार्कको कोपनहेगनलाई राखेको छ । यसैगरी चीनको शेनजेन, सर्बियाको नोभी स्याड तथा अमेरिकी सहर मियामी क्रमशः दास्रो, तेस्रो र चौथो स्थानमा छन् ।

घुम्नै पर्ने अन्य स्थानहरुमा मेक्सिकोको मेक्सिको सिटी, सेनेगलको डकार, अमेरिकाको सियाटल, क्रोयसियाको जेदार तथा मोरक्कोको मेकनेस सहर छैठौंदेखि दसौं नम्बरमा परेका छन् ।

तस्बिर स्राेतः लाेनली प्लानेट/एजेन्सीहरू

 

मेकनेस, मोरक्को

जेदार, क्रोयसिया

सियाटल, अमेरिका

डकार, सेनेगल

मेक्सिकाे सिटी, मेक्सिकाे

मियामी, अमेरिका

नोभी स्याड, सर्बिया

शेनजेन, चीन

कोपनहेगन, डेनमार्क