मध्यभोटेकोसीको आर्इपीओ अाउँदै

आयोजनाले एक अर्ब ४४ करोड बराबरको एक करोड ४४ लाख कित्ता सीमित साधारण सेयर बिक्री गर्न लागेको हो । नेपाल धितोपत्र बोर्डले गत असोज २९ गते सीमित साधारण सेयर बिक्रीका लागि स्वीकृति दिएको हो ।

मध्यभोटेकोसी जलविद्युत् कम्पनीले कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई साधारण सेयर(आर्इपीओ) बिक्री गर्ने भएको छ । चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीको रुपमा स्थापित सो कम्पनीले सिन्धुपाल्चोकमा १०२ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ ।

आयोजनाले एक अर्ब ४४ करोड बराबरको एक करोड ४४ लाख कित्ता सीमित साधारण सेयर बिक्री गर्न लागेको हो । नेपाल धितोपत्र बोर्डले गत असोज २९ गते सीमित साधारण सेयर बिक्रीका लागि स्वीकृति दिएको हो । उक्त सेयरमा आयोजनाका कर्मचारी, नेपाल विद्युत् प्राधिकरणका कर्मचारी र ऋण लगानी गर्ने संस्थाका कर्मचारीले आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।

आयोजनामा चिलिमे जलविद्युत् कम्पनीको ३७ प्रतिशत सेयर छ । यस्तै नेपाल विद्युत् प्राधिकरणको १० प्रतिशत लगानी छ । यस्तै सिन्धु भोटेकोसी हाइड्रोपावर कम्पनी, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी, नेपाल अरनिको हाइड्रोपावर कम्पनी र सिन्धु इन्भेस्टमेन्टको समान एक एक प्रतिशत सेयर छ ।

कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, स्थानीयवासी र आम सर्वधारणको गरी कुल ४९ प्रतिशत सेयर रहनेछ । यस्तै लगानीकर्ता संस्थाको कुल ५१ प्रतिशत सेयर रहनेछ । आयोजनामा कर्मचारी सञ्चय कोषले ऋण लगानी गरेको छ । आयोजनाको हाल कुल भौतिक प्रगति ४५ प्रतिशतको हाराहारीमा छ । रासस