उपल्लो सेतीमा इजाजतबिना र्याफ्टिङ गर्ने ७ जना पक्राउ

एडभान्स कम्पनीले र्याफ्टिङ गाइडलाई भाडामा लिई बिनाअनुमति र्याफ्टिङ सञ्चालन गरिरहेको उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख ओमबहादुर रानाले बताए ।

पोखराको उपल्लो सेतीमा र्याफ्टिङ गरिरहेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । इजाजतबिना र्याफ्टिङ गरेको भन्दै प्रहरीले सुनिल चौलागाईं, सानु गुरुङ, गणेश गुरुङ, सुवास सेढाईं, प्रकाश गुरुङ, किसान गुरुङ र जीवन अधिकारीलाई पक्राउ गरेको हो ।

एडभान्स कम्पनीले एक वर्षदेखि सेती नदीमा इजाजतबिना र्याफ्टिङ सञ्चालन गरेको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । एडभान्स कम्पनीले र्याफ्टिङ गाइडलाई भाडामा लिई बिनाअनुमति र्याफ्टिङ सञ्चालन गरिरहेको उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख ओमबहादुर रानाले बताए ।

प्रहरीले सेती नदीको याम्दी दोभानबाट र्याफ्टिङमा प्रयोग हुने सामग्री पनि नियन्त्रणमा लिएको छ । प्रहरीले ३ थान कायक र ३ थान र्याफ्टिङ बोटसहित र्याफ्टिङको सामग्री ढुवानीमा प्रयोग भएको ग १ ख ८१२६ नम्बरको बससमेत नियन्त्रणमा लिएको छ ।