तीन कम्पनीकाे ५० करोड रुपैयाँबराबरको सेयर सूचीकृत

दुई कम्पनीकाे बोनस तथा एक कम्पनीको हकप्रद सेयर गरी नेप्सेमा ५० लाख २ हजार ३ सय ६० कित्ता सेयर सूचीकृत भएको हो ।

बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा तीन कम्पनीको ५० करोड रुपैयाँबराबरको ५० लाख कित्ता सेयर सूचीकृत भएको छ । दुई कम्पनीकाे बोनस तथा एक कम्पनीको हकप्रद सेयर गरी नेप्सेमा ५० लाख २ हजार ३ सय ६० कित्ता सेयर सूचीकृत भएको हो ।

नेप्सेमा सबैभन्दा बढी प्रभु इन्स्योरेन्सको ३१ लाख ६६ हजार ६ सय ७७ कित्ता हकप्रद तथा लाख सूर्या लाइफ इन्स्योरेन्सको १२ लाख १२ हजार ७ सय ५० कित्ता र ६ लाख २२ हजार ९ सय ३३ कित्ता बोनस सेयर सूचीकृत भएकोछ । सेयर सूचीकृत भएकामध्ये दुई इन्स्योरेन्स कम्पनी र एक फाइनान्स कम्पनी छन् ।